मगर संघ यूएचएसबी शाखा अध्यक्षमा राना

SHARE:

एटा संवाददाता
अल्डरसट । मगर संघ यूकेको यूएचएसबी शाखाको पाँचौं अधिवेशनले हेमा रानालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । गत आइतबार ३१ मार्चका दिन अल्डरसटको दि प्यालेस रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले उनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा ऋषिराममा राना, महिला उपाध्यक्षमा भिमा ढेंगा, सचिवमा बिरबहादुर बलाल, सहसचिवमा टोप पल्ली र मिन राना, कोषाध्यक्षमा गणेश बुढाथोकी, सहकोषाध्यक्षमा सिता थापा चयन भएका छन् । त्यस्तै, खेलकुद सचिवमा पञ्च पुन, खेलकुद सहसचिवमा गुन थापा, साँस्कृतिक सचिवमा तारा गर्बुजा, एडमिन सेक्रेटरीमा रिखिराम राना, एसिस्टेन्ट एडमिन सेक्रेटरीमा लिला पुन र बिमला गर्बुजा, ड्रिन्स सेक्रेटरीमा कृष्ण थापा, ट्रान्सपोर्ट सेक्रेटरीमा गोपबहादुर सिंजाली, मेम्वरसीप सेक्रेटरीमा सुनिता भुजेल, मिडिया सेक्रेटरीमा पार्वती थापा काउचा र एसिस्टेन्ट मिडिया सेक्रेटरीमा जमुना पुन राना चुनिएका छन् ।

शाखाले युवाहरुको सक्रियतालाई बढाउनका लागि युथ सेक्रेटरीमा राईशा रानालाई चयन गरेको छ भने सदस्यहरुमा अमित बुरा, मुना गुर्बजा, कल्पना थापा, अनिल थापा र प्रिया पुन चयन भए ।

मगर संघ यूकेका पूर्वअध्यक्ष मेजर (रि) कुल थापा संयोजक रहेको निर्वाचन समितिका उपसंयोजक ले.रि. सुनिल राना, संयोजक सदस्य क्या.रि. ताम ढेंगा, ओम थापा लगायतको समूहले निर्विरोध रुपमा पाँचौं कार्यसमितिको नामावली पढेर सुनाएका थिए । उनीहरुलाई निर्वाचन समिति, मगर संघ यूकेका अध्यक्ष एवं पूर्व अध्यक्षहरुको रोहवरमा शपथग्रहण गराइएको थियो । अल्डरसट, फार्नबरो, क्याम्बर्ली र ब्राक्नेल इलाकामा बसोबास गर्ने मगर समुदायको साझा संस्थाको रुपमा गठन भएको शाखा मगर संघ यूकेको ११ वटा शाखामध्येको एक शाखा हो ।

बिहान ११ बजेबाट सम्पन्न पाँचौं अधिवेशनलाई मगर संघ यूकेका अध्यक्ष एवं प्रमुख अतिथि नेम थापाले शुभकामना तथा धन्यवाद मन्तव्य दिएका थिए । सचिव बिर बलालले उद्घोषण गरेको पहिलो कार्यक्रममा अतिथिका रुपमा आमन्त्रित मगर संघ यूकेका पूर्वअध्यक्ष मेजर (रि) कुल थापा, दुत पुन, क्याप्टेन (रि) तमा ढेगां, शाखाका पूर्वअध्यक्ष ले.रि. सुनिल राना, रसमुर नेपाली समाज यूकेको पूर्वअध्यक्ष ओम थापा, महिला संघकी अध्यक्ष छविमाया पुनलगायत सम्मानित व्यक्तिहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । संस्थाको प्रगति प्रतिवेदन सचिव बिर बलालले दिएका थिए भने हिरा पुनले पढेर सुनाएका थिए । शाखा अध्यक्ष लेख रानाले अध्यक्षता गर्दै संस्थाको महत्वबारे प्रकाश पारेका थिए भने उपाध्यक्ष नरेश थापाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा एनआरएनए यूके युरोप संयोजक शान्ति थापा कुँवरको पनि उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!