नयाँ वर्ष कार्यक्रममा ‘भाषण र आशन’लाई महत्व दिँदैनौं : मान गुरुङ

SHARE:

ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले प्रत्येक वर्ष नेपाली नयाँ वर्षलाई विविध सांस्कृतिक कार्यक्रमसहित मनाउँदै आएको छ । रसमुर बरो काउन्सिलभित्रका नेपालीहरुलाई संगठित गर्ने उद्देश्यअनुरुप सन् २००३ मा जीआरएनसीको स्थापना भएको हो । स्थापनाकालदेखि नै नेपाली नयाँ वर्ष मनाउँदै आएको जीआरएनसीले यसवर्ष पनि विविध सांस्कृतिक कार्यक्रमका साथ नयाँ वर्ष २०७६ साललाई भव्य रुपमा स्वागत गर्ने योजना अनुरुप सोही संस्थाका महासचिव मान गुरुङको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ । नयाँ वर्षलाई यस वर्ष कहाँ, कहिले र कसरी स्वागत गरिँदै छ भन्ने विषयमा संयोजक गुरुङसँग एभरेस्ट टाइम्सले गरेको छोटो कुराकानीको सम्पादित अंश ।


कहिले र कहाँ मनाउँदै हुनुहुन्छ नयाँ वर्ष ?
हामीले आउने अप्रिल महिनाको १३ तारिख साँझ ६ देखि राति ११ बजेसम्म अल्डरसटस्थित एम्पायर हलमा मनाउँदै छौं ।
यसपटक के के कार्यक्रम हुन्छ नयाँ वर्षको अवसरमा ?
रसमुर बरो काउन्सिलअन्र्तगत अल्डरसट र फार्नबोरो सहर पर्दछन् । जहाँ यूकेका अरु सहरहरुको तुलनामा नेपालीहरुको बाक्लो बसोबास रहेको विश्वास गरिन्छ । र, नेपालीहरुकै बसोबास बढेकै कारण सन् २००३ मा जीआरएनएसीको स्थापना भएको हो । त्यसै वर्षदेखि नेपाली नयाँ वर्षलाई विविध सांस्कृतिक कार्यक्रमका साथ स्वागत गर्दै आएका छौं । हामीले यस वर्ष भाषण र आशनभन्दा पनि बढी मनोरञ्जन गराउने योजनामा छौं ।
मनोरञ्जन भन्नाले ?
मनोरञ्जन भन्नाले नेपाली गीत तथा संगीतको प्रस्तुति हो । अहिले नृत्य प्रशिक्षक प्रभू गुरुङ र सुवास गुरुङले नयाँ पुस्ताका भाइबहिनीहरुलाई नृत्य सिकाउँदै हुनुहुन्छ । त्यस्तै, गीत प्रस्तुतिका लागि सिर्जनशिल नेपाली समाज यूकेका अध्यक्ष तथा हाम्रा सदस्य भक्त दर्जीको संयोजकत्वमा नेपालबाट दुईजना गायक, गायिकालाई बेलायत निमन्त्रणा गरेका छौं । त्यस्तै, नेपाली गीत, संगीत सँगसँगै नौमती बाजाको समेत प्रस्तुति हुनेछ ।
आशन र भाषण कम हुने संकेत देखियो, त्यसको अर्थ विशेष अतिथिहरुलाई निमन्त्रणा गर्नुभएको छैन ?
हामीले स्थानीय काउन्सिलका काउन्सिलर मेयर स्टीभ मास्टरसन, नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय एमपी, काउन्सिल लिडर, काउन्सिलर, एनआरएनए यूकेका अध्यक्ष र विभिन्न नेपाली संघसंस्थालाई निम्तो दिएका छौं । जसमध्ये काउन्सिलर मेयर स्टीभ मास्टरसन र काउन्सिल लिडर र काउन्सिलरहरुको उपस्थिति हुने निश्चित भइसकेको छ । अरु अतिथिहरुको भने कन्फरमेसन आइसकेको छैन ।
पहिलो पुस्ताका नेपालीहरुले आयोजना गरेको कार्यक्रममा युवाहरुको सहभागिता देखिँदैन नि, तपार्इंको कार्यक्रममा युवाहरुको उपस्थिति कत्तिको होला ?
नयाँ पुस्ताका युवाहरुको सहभागिता बढीभन्दा बढी रहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले हामीले स्थानीय नेपाली भाइबहिनीहरुलाई नृत्य प्रशिक्षण दिँदै आएका छौं । र, यसपटक युवाहरुको ढुकढुकी जय अथर आबद्ध रहेको युथ व्याण्डलाई पनि अप्रोज गरेका छौं । जसले युवाहरुको उपस्थितिलाई बढाउँछ । तर, कन्फरमेसन भने आइसकेको छैन । सँगसँगै नृत्य प्रशिक्षक प्रभू गुरुङ, सुवास गुरुङ, पुष्पा गुरुङ र मोलिका गुरुङले पनि आकर्षक नृत्य प्रस्तुत् गर्नेछन् ।
प्रवेश शुल्क अर्थात् टिकट दररेटबारे पनि जानकारी गराइदिनुहोस् न ?
टिकट दर प्रतिव्यक्ति १५ पाउन्ड राखेका छौं । तर, वृद्धवृद्धा र १२ वर्ष मुनिकालाई भने १२ पाउन्ड मात्र कायम गरिएको छ ।
१५ पाउन्डले मात्र यत्ति ठूलो कार्यक्रम धान्ला त ?
यो टिकट दरले खर्च धानिँदैन । यसका लागि हामीले विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी र व्यापारीहरुसँग स्पोन्सरको लागि अनुरोध गरेका छौं । कतिपयले सहयोग गर्ने वाचा गरिसक्नु भएको छ । र, ह्यामसायर काउन्टी काउन्सिलले आर्थिक सहयोग गरिसकेको छ ।
इच्छुकहरुले टिकट कहाँबाट र कसरी प्राप्त गर्न सन्छन् ?
अग्रिम टिकटका लागि हाम्रा कोषाध्यक्ष तोप पल्लीलगायत कार्यसमितिका साथीहरुबाट उपलब्ध भइरहेको जानकारी गराउन चाहन्छु । र, सोही दिन ढोकामा पनि पाउनु हुन्छ ।
स्पोन्सरबारे अलि प्रस्ट्याई दिनुहोस् न ?
हामीले ३०० पाउन्डभन्दा बढी आर्थिक सहयोग गर्नेलाई प्लाटिनम, २०० पाउन्डभन्दा बढी आर्थिक सहयोग गर्ने दातालाई गोल्ड, १०० पाउन्डभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुलाई सिल्भर र ५० पाउन्ड आर्थिक सहयोग गर्ने दाताहरुलाई ब्रोन्ज स्पोन्सरसीपको सम्मानसहित धन्यवाद दिन्छौं । र, सँगसँगै उहाँहरुलाई आकर्षक सीट र २ वटा निःशुल्क टिकटसमेत व्यवस्था गर्ने छौं ।
अन्त्यमा,
जीआरएनएसीले रसमुर क्षेत्रमा मात्रमा बसोबास गर्ने नेपालीलाई मात्र नभई सरी र प्mिलटमा बस्ने नेपालीहरुलाई समेत समेट्दै आएको छ । हाम्रो संस्था जति पुरानो हँुदै गयो त्यत्ति नै बढी जिम्मेवारी थपिएको छ । हामीले नेपाली, भाषा, कला र संस्कृतिलाई जोगाउने अभियान मात्र होइन, बिजनेश लाईसेन्स, हेल्थ एण्ड सेफ्टी इशु, हराएका नेपालीहरुको खोजीमा सहयोग गर्ने र आफन्त नभएकाहरुको दाहसंस्कारमा सहयोग गर्दै आएका छौं । त्यस्तै नेपाली नृत्य सञ्चालन गर्दै आएका छौं भने हाम्रा उपाध्यक्ष रंजिता मल्लको संयोजकत्वमा नेपाली कक्षा सञ्चालन गर्ने तयारीमा छौं । हामीले नेपालीसँग सम्बन्धित विषयहरुलाई विशेष महत्व दिँदै आएका छौं ।

अन्त्यमा नेपाली नयाँ वर्ष २०७६ साललाई भव्य रुपमा स्वागत गर्नका लागि १३ अप्रिल साँझ एम्पायर हलमा उपस्थित भइदिनहुनका लागि रसमुर क्षेत्र मात्र होइन, सो भन्दा बाहिरका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!