‘क्याप्टेन’ को ‘रेड कार्पेट शो’ का लागि लण्डन आईपुगे भुवन र अनमोल

SHARE:

फोटो: नगेन्द्र बस्नेत (गोर्खा रेडियो, लण्डन)

एटा संवाददाता
लण्डन । नेपाली चलचित्र क्याप्टेनको रेटकार्पेट शो का लागि कलाकार भुवन केसी र अनमोल केसी बिहीबार बिहान लण्डन उत्रेका छन् । नेपाल अधिराज्यभर प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘क्याप्टेन’ को आउने शनिबार ६ अप्रिलका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा रेड कार्पेट शो गर्न लागिएको हो । सोे रेड कार्पेट शो का लागि उनीहरु बेलायत आएका हुन् ।


सपन इन्टरटेन्टमेन्टको व्यवस्थापनमा बेलायतमा सो चलचित्र प्रर्दशन गर्न लागिएको हो । पछिल्लो समय अनमोल केसी चलचित्रप्रेमीहरुको रोजाई बनेको छ । उनले अभिनय गरेका चलचित्रहरु युवा पुस्ताले रुचाउने गरेका छन् । ‘क्याप्टेन’ फुटबल खेलाडीको कथामा आधारित चलचित्र हो जसलाई दीवाकर भट्टराईले निर्देशन गरेका छन् । भूवन केसीको होमप्रोडक्सनमा निर्माण भएको चलचित्रमा सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, प्रियंका एमभी र विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ । सो चलचित्रको टिकटका लागि सपन इन्टरटेन्टमेनलाई सम्पर्क गर्न सो इन्टरटेन्टमेनका सपन राईले इच्छुक दर्शकहरुलाई अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!