अल्डरसटमा नेपाली नागरिकतासम्बन्धी जानकारीसभा

SHARE:

एटा संवाददाता
अल्डरसट । ब्रिटिस गोर्खाका वंशजको नेपाली नागरिकता निरन्तरता अभियानबारे एक जानकारीसभा आयोजना गरिएको छ ।

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता संघर्ष समिति बिजिएनसीएससी) बेलायत र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गत आइतबार ७ अप्रिलका दिन अल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बिजिएनसीएससी यूके तथा नेपाल संयोजक सन्तोष थलाङ्गले अभियानको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । उनले गोर्खाहरुको आर्थिक र नैतिक सहयोग आवश्यक रहेको बताउँदै गोरखाहरुको तथ्य संकलन गरी स्मारिका प्रकाशन गर्न लागिएको बताए । कार्यक्रममा बिजिएनसीएससीका सहकोषाध्यक्ष गुणराज याक्खाले संस्थाको आर्थिक अवस्थाबारे जानकारी गराए ।

३ नम्बर प्रदेशका सांसद बिजला बर्माले प्रमुख अतिथिको आशनबाट बोल्दै भूतपूर्व गोर्खाको अवस्थाबारे आफूले विस्तृत रुपमा पहिलोपटक जानकारी पाएको बताउँदै दुःखेसो पोखिन् । उनले गोर्खा अधिकारका विषयमा आफ्नो  पार्टीमा कुरा राख्ने विश्वास व्यक्त गरिन् ।

त्यस्तै, बिजिएनसीएससीका वरिष्ठ सहसंयोजक सुनबहादुर तामाङले नेपालको विद्यमान कानुन र हेरफेर गर्नुपर्ने विषयमा आफ्ना सुझावहरु राखेका थिए । कार्यक्रममा संघसंस्थाको तर्फबाट एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी र ओकिङ्ग नेपाली समाजका सल्लाहकार राजन क्षेत्रीलगायतले भूतपूर्व गोर्खाको नागरिकताबारे बोलेका थिए ।

कार्यक्रममा अभियानलाई आवश्यक सुझाव दिनका लागि बिजिएनसीएससीले ले.कर्णेल यम रानाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको जानकारी दिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद बर्माले सल्लाहकारहरुलाई खादा लगाई स्वागत गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक एवं अभियन्ता ज्ञानराज राई लगायतले गोर्खा आन्दोलनको बारेमा जानकारी गराएका थिए । त्यस्तै, हालै ६ महिनाको बसाईपश्चात् बेलायत फर्केका संघर्ष समितिका मुख्य संयोजक कृष्णबहादुर राईले गोरखा अधिकार र नागरिकताबारे गरिएका पहलकदमी र भावी रणनीतिबारे बोलेका थिए । त्यस्तै, ८४ वर्षीय मेजर मानबहादुर राईले  अभियान सफल बनाउनका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा बिजिएनसीएससीका संयोजक थर्क रानाले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा बिजिएनसीएससीका सचिव शोभराज गुरुङले हेल्थ एण्ड सेप्mटीको बारेमा जानकारी दिएका थिए भने बिजिएनसीएससी सहसचिव तथा सत्यग्रह संघर्ष समिति इकाई नं. १७
(अल्डरसट, फार्नबोरो, क्याम्बर्ली) का अध्यक्ष होम सुनुवारले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!