ग्रेटर रस्मुर नयाँ वर्ष मनाउन आतुर

SHARE:

एटा संवाददाता
लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटीले विविध कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनाउने भएको छ । आउने शनिबार १३ अप्रिल साँझ विविध सांस्कृतिक कार्यक्रमका साथ अल्डरसटस्थित एम्पायर हलमा नयाँ वर्ष २०७६ मनाउन लागिएको हो । कार्यक्रमका लागि नेपालका लोकप्रिय गायिका सुनितामी परियार र गायक मदनकुमार नेपाली बेलायत आउने भएका छन् । कार्यक्रममा उनीहरुको विशेष सांस्कृतिक प्रस्तुति रहनेछ भने प्रभू गुरुङ र सुवास गुरुङ लगायतको समूह र स्थानीय नेपाली कलाकारहरुले पनि विभिन्न चर्तित गीतमा नृत्य गर्ने महासचिव एवं कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिएका छन् । त्यस्तै, कार्यक्रममा नौमति बाजा र लोकबाजाहरु समेत बजाइने छ ।

कार्यक्रममा स्थानीय रस्मुर बरो काउन्सिलका मेयर, काउन्सिल लिडर, काउन्सिलर, स्थानीय आर्मी चिफ, प्रहरी चिफ, सिटिजन एडभाईज व्युरो चीफ, रस्मुर भोलिन्टिर सर्भिसका डेप्लपमेन्ट मेनेजर र सिभिट सोसाईटीका पदाधिकारीलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहने कम्युनिटी अध्यक्ष जीव बेल्वासले जानकारी दिए । उनका अनुसार नयाँ वर्षको तयारीबारे बैठक बसी कार्यविभाजनसमेत गरिएको जनाए । त्यस्तै, कम्युनिटीका प्रवक्ता प्रमिला लाबुङ्ग राईले यस वर्ष पनि नेपाली नयाँ वर्ष २०७६ भव्यताको साथ मनाउन लागिएको बताउँदै बेलायतवासी सम्पूर्ण नेपाली महानुभावहरुले सो विशेष कार्यक्रममा उपस्थित भई एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरी कार्यक्रम सफल बनाइदिन सामाजिक संजालमार्फत हार्दिक अनुरोध गरेकी छन् ।

नयाँ वर्षलाई नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुले पनि विशेष महत्वका साथ मनाउँदै आएका छन् । नेपालीहरुको बढी बसोबास रहेको बेलायतका विभिन्न सहरहरुमा सदाझैं यस वर्ष पनि सांगीतिक कार्यक्रमका साथ नयाँ वर्ष मनाइने भएको छ । ‘ग्रेटर रस्मुर नेपाली कम्युनिटी’ नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको अल्डरसट र फार्नबोरोका नेपालीहरुको साझा संस्था हो । सो संस्थाले स्थापनाकालदेखि नै नेपाली नयाँ पर्षलाई विशेष महत्व दिएर मनाउँदै आएको छ । कम्युनिटीले नेपाली कला र संस्कृतिलाई संरक्षण गर्ने र बेलायतको राम्रो पक्षलाई पनि अनुशरण गर्ने उद्देश्यअनुरुप अगाडि बढिरहेको कम्युनिटी अध्यक्ष बेल्वासले जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!