एनआरएनए युकेद्वारा बारा पर्साका हावाहुरी पीडितहरुलाई चार लाख ११ हजार सहयोग

SHARE:

एटा संवाददाता

लण्डन । एनआरएनए युकेले बारा र पर्साका हावाहुरी पीडितहरुलाई एनआरएनए आईसीसी मार्फत चार लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत बिहिबार ११ अप्रिल बेलुकी अल्डरसटस्थित एनआरएनए युकेको कार्यालयमा एनआरएनए आईसीसी उपाध्यक्षलाई दुई हजार ८३६ पाउण्ड उनान्सय पेन्सको ( रु ४,११,०००/-) चेक हस्तान्तरण गरेको हो । गत चैत्र १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट २९ जनाको ज्यान गएको छ भने कयौं घाइते र घरबारविहिन भएका छन् ।

सो चेक हस्तान्तरण कार्यक्रममा एनआरएनए युकेकी उपाध्यक्ष एवं आपतकालिन विभागकी संयोजक शुसिला राईले बारा र पर्साका हावाहुरी पीडितहरुको सहयोगका लागि भाइबरमार्फत अनुरोध गरिएकोमा १० दिन भित्र उक्त रकम संकलन गर्न सफल भएको बताउदै सबै सहयोगदाताहरुलाई हृदय देखि धन्यवाद दिईन् । उनले संकलित रकम सम्बन्धित ठाउँमा पुगोस् भन्ने सहयोगदाताहरुको चाहना रहेको बताउँदै जसका लागि रकम संकलन गरिएको हो, उनीलाई नै पुग्नु पर्नेमा जोड दिईन् । साथै, उनले संकलन अभियानमा अहोरात्र खटेका  एनआरएनए युकेका कोषाध्यक्ष सचिन श्रेष्ठ, नेप्लिज ओमन कम्युनिटीकी अध्यक्ष शशी थापा सुब्बाको समूह र लगायत सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरिन् ।

त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं एनआरएनए च्यारिटी विभागका संयोजक समेत रहेका एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले एनआरएनए युके परोपकारी कार्यमा एक उदाहरणिय संस्था बन्न सफल भएको बताउदै एनआरएनए युकेको प्रसंशा गरे । उनले बारा र पर्सामा परेको विपतमा एनआरएनए आईसीसीले आप्mनो च्यारिटी कोषमा रहेको राहत तत्काल वितरण गरिएको बताउँदै संसारभरबाट संकलन भएको राहत रकम सोही कोषमा जम्मा गरिने र आपतकालिन अवस्थामा प्रयोग गरिने जनाए । उनले विश्वभर छरिएर रहेर गैरआवासीय नेपालीहरुले गरेको आर्थिक सहयोग दुरुपयोग नहुने र जुन प्रयोजनका लागि संकलन गरिएको हो, सोही प्रयोजनमा खर्च गरिने विश्वास व्यक्त गरे । उनले संयोजक राईलगायत सबै सहयोगदाताहरुलाई बिशेष धन्यवाद दिदै त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थल, अध्यागमनमा एनआरएन डेलिगेट्स डेक्स शुरुवात भएको जानकारी दिए । साथै, उनले सो कार्य एनआरएनए युकेको बिशेष पहलकै कारण सार्थक भएको समेत बताए ।

कार्यक्रमको अन्त्यमा एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीले बारा र पर्साको हावाहुरीपीडितहरुलाई सहयोग गर्न आईसीसीबाट ईमेल प्राप्त भएको स्मरण गर्दै उपाध्यक्ष राईको संयोजकत्वमा राहत संकलन अभियान शुरु गरिएको बताए । उनले सो अभियानका लागि संयोजक राई लगायत सबै सहयोगदाताहरुलाई धन्यवाद दिए ।
सो कार्यक्रममा एनआरएनए आईसीसी जयप्रकाश गुरुङ, एनआरएनए रोड ट्राफिक संयोजक थर्क सेन, एनआरएनए युकेका संरक्षक एवं पूर्व अध्यक्ष योगेन क्षेत्री, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीब बेल्वासे, किरात राई यायोख्याका केन्द्रीय सदस्य नरेन्द्र राई, एनआरएनए युकेका उपाध्यक्ष शेर सुनार, एभरेष्ट टाइम्सका फोटोपत्रकार मिलन तमु र सितलपाटीका प्रधान सम्पादक बाचस्पति रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम गाहा मगरले स्वागत मन्तब्य दिएका थिए भने अर्का उपाध्यक्ष ललित न्यौपानले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!