
एटा संवाददाता
लण्डन । लण्डनस्थित इलेक्ट्रीक ब्रिस्टनमा नेपाली म्यूजिक फेस्टीबल हुने भएको छ । नयाँ बर्ष २०७६ सालको पावन अवसरमा भोली शनिबार १३ अप्रिल बेलुकी १० बजे देखि ब्रिस्टनमा सो कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा कार्यक्रममा त्रिशना गुरुङ, सविन राई (फारो व्याण्ड) र लाहुरे (आशिष राना) लगायत स्थानीय व्याण्डको सांगीतिक प्रस्तुति रहने छ । सो प्रस्तुतीका लागि गत बिहिबार नेपालबाट कलाकारहरु लण्डन आइसकेका छन् । नेपाली सांगीतिक क्षेत्रमा छृुट्टै पहिचान बनाउन सफल कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । त्यस्तै, स्थानीय नेपाली कलाकारहरुको समेत बिशेष प्रस्तुति रहने ह्याबमुमेन्टका नविन गुरुङले जानकारी दिए । ह्याबमुमेन्ट, जी नाईन इन्टरनेश्नल र च्याउसे दवानको संयुक्त आयोजनामा सो संगीतिक साँझ हुन लागेको हो । उक्त सांगीतिक साँझमा उपस्थित भई दिनहुनका लागि आयोजकले अनुरोध गरेका छन् ।






