तमु समाज यूकेले दोस्रो च्यारिटी डिनर आयोजना गर्दै

SHARE:

एटा संवाददाता
लन्डन । तमु समाज यूकेले सामाजिक भवन खरीद सहयोगार्थ दोस्रो च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आउने ५ मे को साँझ लन्डनस्थित ह्यारो लेजर सेन्टरमा च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समाजका उपाध्यक्ष शिवकुमार गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको छ । कार्यक्रमबाट भवन खरीदका लागि आवश्यक रकम संकलन हुने अपेक्षा गरिएको समाजका पूर्वअध्यक्ष शिवशरण गुरुङले जानकारी दिए ।

त्यस्तै, कार्यक्रमका लागि स्थानीय काउन्सिलका मेयरलगायत नेपाली संघसंस्थाका प्रनिनिधिहरुलाई अतिथिको रुपमा आमान्त्रण गरिसकिएको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी गराए । साथै, उनले प्रतिव्यक्ति ३० पाउन्ड प्रवेश शुल्क तोकिएको र जुन रकम सोही कार्यक्रममा खर्च हुने बताए ।

कार्यक्रममा पाहुनाहरु स्वागत गर्ने तथा सांस्कृतिक कार्यक्रमको तयारी गर्ने जिम्मेवारी भने आमा समूहले पाएको छ । र, कार्यक्रमको तयारीमा जुटिरहेको आमा समूहकी अध्यक्ष बिन्दु घलेले जानकारी गराइन् ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुन लागेको कार्यक्रममा सहभागी भई समाजको सामाजिक भवन खरीदमा सहयोग गरिदिनहुन विभिन्न व्यक्ति, नेपाली संघसंस्था, उद्यमी, व्यापारी र समाजसेवीहरुलाई समाजका अध्यक्ष शिवचन्द्र गुरुङले अनुरोध गरेका छन् ।

स्मरण होस्, तमु समाज यूकेले स्थापनाकालदेखि नै विभिन्न च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । गुरुङहरुको मात्र होइन, नेपाली भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा सम्वद्र्धनका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको सो समाज बेलायतको च्यारिटी कमिशनमा समेत दर्ता रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!