जिआरएनसीले नयाँ वर्ष मनायो

SHARE:

एटा संवाददाता
लन्डन । ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जिआरएनएसी) ले विविध सांस्कृतिक कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनाएको छ ।
गत शनिबार १३ अप्रिल साँझ अल्डरसटस्थित एम्पायर हलमा बिक्रम सम्वत् २०७६ सालको स्वागत गर्दै नयाँ वर्ष मनाइएको हो । कार्यक्रममा स्थानीय रस्मुर बरो काउन्सिलका मेयर काउन्सिलर स्टीभ मास्टरसनले प्रमुख अतिथिको आशनबाट र काउन्सिल लिडर डेबिड क्लीफोर्ड तथा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले विशेष अतिथिको आशनबाट नयाँ वर्षको २०७६ सालको पावन अवसरमा शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रममा स्थानीय काउन्सिलर, आर्मी चिफ, सिटिजन एडभाईज व्युरो चीफ, रस्मुर भोलिन्टिर सर्भिसका डेप्लोप्मेन्ट मेनेजर र सिभिट सोसाईटीका पदाधिकारीलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा जिआरएनसीका पूर्वअध्यक्षहरु सुर्जे (रामचन्द्र) गुरुङ, रोहित गुरुङ, मधुकर गुरुङ र निवर्तमान अध्यक्ष ओम थापाको समेत विशेष उपस्थिति रहेको थियो । त्यस्तै, तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, किरात राई यायोक्खा रस्मुर शाखाका अध्यक्ष ध्रुवश्री राई, लमजुङ समाज यूकेका अध्यक्ष बोहत गुरुङ, गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजीत गुरुङ र गोर्खा आमा समूहकी अध्यक्ष तारा गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिआरएनसीका अध्यक्ष जिव बेल्वासेले आफूहरुले नेपाली संस्कार बचाउनका लागि मात्र नयाँ वर्ष मनाउन लागिएको नभई यहाँको संस्कारलाई अंगिकार गर्नका लागि पनि मनाउन लागिएको बताए । उनले प्रमुख अतिथि, अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि र उपस्थित महानुभावहरुप्रति नयाँ वर्षको शुभकामना सँगसँगै उपस्थितिको लागि सबैलाई धन्यवाद दिए । त्यस्तै कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका खेलेका कार्यक्रम संयोजक, नेपालबाट आएका कलाकारद्वय, संगीतप्रेमी, कार्यसमितिका साथीहरु र उपस्थित महानुभावहरुलाई विशेष धन्यवाद
दिएका थिए ।

कार्यक्रममा नेपालबाट आमन्त्रित लोकप्रिय गायिका सुनितामी परियार र गायक मदन परियारले विभिन्न चर्चित गीत गाएर भरपूर मनोरञ्जन दिलाए । उनीहरु अहिलेको चर्चित गीत ‘सालको पातको टपरी हुने…’ लगायत गीतहरुमा सबैलाई नचाउन सफल भएका थिए । त्यस्तै, कार्यक्रममा क्या. वीरबहादुर थापा, रोहित गुरुङ तथा शुषमा गुरुङ, रमा बानियाँ र प्रभू गुरुङले समेत विभिन्न गीतहरु गाएका थिए भने दिनेश गुरुङ (बाँसुरी), पहलसिं थापा (किबोर्ड तथा बाँसुरी), मिन गुरुङ (मादल), तुलसी राना (तबला तथा किबोर्ड), मदन गुरुङ (गितार) र भिम थापा (हर्मोनियम) ले नेपाली लोकबाजासहित लाईभ म्यूजिक प्रस्तुत् गरेका थिए ।

सांगीतिक माहोलमा सम्पन्न कार्यक्रममा कलाकारहरु सुवास गुरुङ, प्रभू गुरुङ, पुष्पा गुरुङ र मोलिका गुरुङको समूहले विभिन्न गीतमा नृत्य प्रस्तुत् गरेका थिए । त्यस्तै, स्थानीय नेपाली कलाकारहरु कल्पना थापा, अदिति गुरुङ, ओशिन गुरुङ, जेशिका क्षत्री, दिया केसी, जोशिका बेल्वासे, नेल राई, अंगिता गुरुङ, जश्मिन केसी, शौरभ गुरुङ, सुरज गुरुङ, रेबिका श्रेष्ठ, सरहा गुरुङ र मोलिका गुरुङ लगायतले समेत विभिन्न नेपाली गीतमा आकर्षक नृत्य
गरेका थिए । त्यस्तै, कार्यक्रममा प्रथम गुल्मी जिल्ला नौमती बाजा समूहले नौमतीको धुनले पाहुनाहरुलाई स्वागत गरेका थिए भने कृष्णदेव गुरुङ डिजे र मिलन तमुले फोटोग्राफीको भूमिकामा रहेका थिए । कार्यक्रममा नेपालीबाट कलाकारद्वय परियारलगायत स्थानीय नेपाली कलाकारहरुलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न व्यक्ति, संघसंस्था, उद्योगी र व्यापारीहरुले स्पोन्सर गरेका थिए । त्यस्तै, कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा, सचिव युवन गुरुङ र कोषाध्यक्ष तोप पल्लीलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले कार्यक्रम सफल बनाउन महत्वपूर्ण जिम्मेवारी निभाएका थिए भने प्रभू गुरुङ र सुवास गुरुङले नृत्य प्रशिक्षण दिएका थिए ।

जिआरएनएसीका अध्यक्ष जीव बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव एवं कार्यक्रम संयोजक मान गुरुङले स्वागत मन्तव्यसहित औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए भने सांस्कृृतिक सचिव दिनेश गुरुङ र महिला फोरमकी संयोजक लिला सेलिङ्ग माबोले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमको सञ्चालन गरेका थिए ।

नयाँ वर्षलाई नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुले पनि विशेष महत्वका साथ मनाउँदै आएको छ । नेपालीहरुको बढी बसोबास रहेको बेलायतका विभिन्न सहरहरुमा सदाझंै यस वर्ष पनि सांगीतिक कार्यक्रमका साथ नयाँ वर्ष मनाइएको हो । ‘ग्रेटर रस्मुर नेपाली कम्युनिटी’ नेपालीहरुको बाक्लो बसोबास रहेको भनिएको अल्डरसट र फार्नबोरोका नेपालीहरुको साझा संस्था हो । सो संस्थाले स्थापनाकालदेखि नै नेपाली नयाँ वर्षलाई विशेष महत्व दिएर मनाउँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!