मगर महिला अध्यक्षमा बिष्णु श्रीस चयन

SHARE:

एटा संवाददाता
लन्डन । मगर महिला संघ यूकेको अध्यक्षमा बिष्णु श्रीस चयन भएकी छन् ।

गत १३ अप्रिल शनिबारका दिन स्वीन्डनस्थित नाइट कम्यूनिटी हलमा सम्पन्न मगर महिला संघ यूकेको दोस्रो केन्द्रीय महाधिवेशनले उनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्दिरा गलामी, उपाध्यक्षमा इन्दिरा दर्लामी, महासचिवमा सरला राना, सचिवमा पार्वती थापा, कोषाध्यक्षमा मनु पाईजा र सहकोषाध्यक्षमा चन्द्रा घर्ती मगर चयन भएकी छन् । त्यस्तै, गंगा बलाल, पद्मा राना, बलि थापा, माया थापा, लक्ष्मी थापा, दिलु माया थापा, गीता पुन, नानु राना, आशा थापा, ज्योति रजाली र गनीसरा आले सदस्यमा चयन भएकी छन् । र, गंगा थापा, भानु बुढ़ाठोकी, देउरूपी थापा, भीमाकुमारी ढेगा र सारदा पुन संस्थाको पदेन सदस्यमा चयन भएकी छन् ।

कार्यक्रमको पहिलो चरणमा मगर महिला संघ यूकेकी अध्यक्ष छविमाया पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्दिरा गलामीले स्वागत मन्तव्य दिएकी थिइन् । नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य तथा युरोप अमेरिका संयोजक शान्ति थापा कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मगर संघ यूके केन्द्रीय समितिका उपाध्यक्ष राम गलामी, मगर महिला संघ यूके केन्द्रीय समितिका संस्थापक अध्यक्ष हिमाली राना, मगर संघ यूके केन्द्रीय समितिका निवर्तमान अध्यक्ष नेम थापा, मगर बुद्धिस्ट सोसाईटीका अध्यक्ष कृष्ण दर्लामी, मगर संघ यूके स्विन्डन शाखाका अध्यक्ष कुमार राना, रेडिंग शाखाका टिकाजी राना लगायत मगर संघ यूकेका अन्य व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, संस्थाका सल्लाहकार देवीमाया पुन, देवी आले भुमाया थापा र नर्मती पुनले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा सम्पन्न बन्द सत्रमा मगर महिला संघ यूके शाखाहरू वेम्ब्लीका अध्यक्ष इन्दिरा दर्लामी, युएचएसबी शाखाका उपाध्यक्ष माया राना, रेडिंग शाखाका अध्यक्ष भानु बुढ़ाथोकी, स्विन्डन शाखाका अध्यक्ष गंगा थापा, प्लमस्टेड शाखाका अध्यक्ष देउरुपी थापा, केन्द्रीय समितिका कोषाध्यक्ष इन्दिरा दर्लामी र महासचिव सरला रानाले क्रमशः आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । विधान संशोधन समिति प्रमुख भुमाया थापाले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै, बन्द सत्रको अन्तमा सम्पूर्ण शाखाहरुलाई प्रमाण पत्र साथै कार्यसमिति तथा सल्लाहकारहरूलाई मायाको चिनोका साथ बिदाइ गरी अध्यक्ष छविमाया पुनले धन्यवाद ज्ञापन गर्दै पुरानो कार्यसमिति विघठन गरी सल्लाहकार देवीमाया पुन, नर्मती पुन र हरिकला राना रहेका अध्यक्ष मण्डललाई हस्तान्तरण गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष हिमाली राना, सल्लाहकार देवी आले र सल्लाकार शोभा राना सहितको ३ सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव सरला रानाले गरेकी थिइन्  ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!