SHARE:

गोरखालीको बहादुरी र तागतलाई कसैले रोक्न सक्दैन : राजदूत पुरी
गीता राना मगर
पोखरा । भारतीय राजदूत मन्जिभ सिंह पुरीले गोरखाली सेनाको बहादुरी र तागतलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा गरेको पाँचौ वीर गोरखा दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेनामा कार्यरत गोरखाली सेनाको तागतलाई कसैले रोक्न नसक्ने बताए ।

पुरीले भारतीय सेनामा कार्यरत रही बिदाको समयमा नेपालमा फर्कने क्रममा भारतीय रेलमा ८ जना डाँकाहरुलाई परास्त गरी रेलमा सवार धेरै जनाको ज्यान जोगाउन सफल भारतीय सेना विष्णुबहादुर श्रेष्ठलाई इंगित गर्दै भारतीय सेनामा कार्यरत नेपाली बहादुर सैनिक जवानहरुले आफ्नो कार्यकौशलतालाई जहाँ अफ्ठेरो पर्छ त्यहाँ प्रयोग गर्ने क्षमता भएकाले गोरखाली सेनाको बहादुरीपना र तागतलाई कसैले रोक्न नसक्ने बताए । त्यही बहादुरीलाई सम्बोधन गर्दै भारत सरकारले सूर्य चक्रबाट समेत श्रेष्ठ जस्ता सयौ सेनालाई विभूषित गरेको पुरीको भनाइ थियो ।

त्यसैगरी पुरीले भारतीय सेनाबाट अवकाश प्राप्त गरिसकेपछि पनि भारतीय भूतपूर्व सेनाहरुले नेपालमा सामाजिक कामको माध्यमबाट सम्पूर्ण भूपूहरुलाई एकताबद्ध बनाइ नेपालको विकासमा लागेको र त्यसमा भारत सरकारले समेत थप सहयोग गरी सामाजिक कामलाई गाउँ गाउँमा समेत पुर्याउन सफल भएको बताए । आगामी दिनमा पनि गोरखा भूपूहरुसँग सहकार्य गरी भारत सरकारले नेपालको सामाजिक, आर्थिक र अन्य विकासका कामहरुलाई अगाडि बढाउने बताए । पुरीले भूपू गोरखाहरुले नेपालको नागरिकताको समस्याको बारेमा उठाइएको कुराको बारेमा भने केही सम्बोधन गरेनन् ।

कास्की प्रहरी प्रमुख ओमबहादुर राना मगरले भारतीय र नेपाली सेना तथा प्रहरीमा कार्यरत अवकाश प्राप्त सैनिकहरुको सहकार्यले सामाजिक कामसँगै वर्षमा एकपटक सबैजना एकै थलोमा भेटघाट भइ अनुभव साटासाट गर्ने वीर गोरखा दिवसले भूपूहरुलाई एकजुट हुने मौका प्रदान गरेको बताए । उनले सम्पूर्ण मिलेर देशको विकासतर्फ लाग्नुपर्नेमा जोड दिए ।

संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सहअध्यक्ष लक्ष्मीकान्त पाण्डेले अवकास प्राप्त भारतीय सेनाका श्रीमतीहरुले अझै पनि नागरिकताको नामकै कारण पेन्सन प्राप्त गर्नका लागि विभिन्न बाधाव्यधान उत्पन्न भइरहेको र यसबारेमा भारतीय सरकारले चासो देखाउनुपर्ने बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!