चिम्खोले समाज यूकेको वार्षिक साधरणसभा सम्पन्न

SHARE:

लन्डन । चिम्खोले समाज यूकेको वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

फार्नबोरोस्थित मगर भवनमा गत शनिबार सम्पन्न सो वार्षिक साधरणसभामा नेपालबाट आएका नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो । समाजको प्रतिवेदन र कोषाध्यक्षको आय व्ययसहितेको प्रतिवेदन सचिव धन पुनले प्रस्तुत गरेका थिए । सो प्रतिवेदनहरु उपस्थित चिम्खोलेहरुबाट सर्वसम्मतले पारित गरिएको थियो ।

साधरणसभाले यूकेवासी चिम्खोलेलगायत संसारभरि छरिएर बसेका चिम्खोलेहरु सन् २०२० को भूमे पूजाको समयमा चिम्खोला जाने प्रस्ताव गरिएको छ भने अनर मा.वि. चिम्खोलाको लागि ई–लाईबेरी चिम्खोले समाज यूकेले जडान गरिदिने भएको छ ।

सचिव पुनले सञ्चालन गरेको वार्षिक साधारणसभालाई अध्यक्ष मोतीबहादुर तिलिजाले अध्यक्षता गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!