मेडिस्टोनमा पनि हाउसफुल भयो ‘साइँली’

SHARE:

एटा संवाददाता
लण्डन । निर्माणकै क्रममा अत्यन्त चर्चामा रहेको नेपाली चलचित्र ‘साइँली’ बेलायतका विभिन्न सहरहरुमा प्रर्दशन हुने क्रममा गत शनिबार २७ अप्रिल बेलुकी मेडिस्टोनस्थित मेडिस्टोन ग्रामर स्कुलमा हाउसफुलका साथ प्रर्दशन भएको छ । मेडिस्टोन नेपाली कम्युनिटीसंग सहकार्य गरी प्रर्दशन गरिएको कार्यक्रममा मेडिस्टोन मेयर च्यारिटी समेत आयोजना गरिएको थियो । सो अवसरमा नेपाली चलचित्र नायिका दिया पुनको समेत बिशेष उपस्थिति रहेको थियो । नेपालीपन, नेपाली जनजीवनमा आधारित चलचित्रको छायांकन, दृश्य, संवाद, गीत र कथालाई मेडिस्टोनवासी नेपाली दर्शकहरुले असाध्यै मन पराईदिएका छन् ।

एफ.सी. तुङ्बाको आयोजना र पीपल मोर्गेजको सहयोगमा सो बेलायत भर प्रर्दशन गर्ने क्रममा उक्त चलचित्र गत १३ अप्रिल शनिबारका स्वीन्डनमा र १९ अप्रिल शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा पनि हाउसफुलका साथ प्रर्दशन भएको थियो । त्यस्तै, ४ मे का दिन सफारी सिनेमा ह्यारोमा, ११ मे का दिन हन्स्लोस्थीत ट्रटी सेन्टरमा दुई शो प्रर्दशन गर्ने निश्चित भैसकेको र ब्रेकन, आस्फोर्ड, रेडिङ्ग, गिलफोर्ड, क्याट्रिक, कार्डिफ र प्लमस्टिड लगायतका शहरहरुमा पनि प्रर्दशनको क्रममा रहेको एफ.सी. तुङ्बाका संघर्ष राईले जनाएका छन् ।

यसअघि दर्शक तथा श्रोताको मनजित्न सफल ‘सुन साइँली..’ बोलको गीतमा अभिनय गरेका गौरव पहारी र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्रमा दयाहाङ्ग राई, केनिपा सिहं, माओत्से गुरुङ, प्रकाश घिमिरे र अरुणा कार्की लगायत कलाकारहरुको समेत जोडार अभिनय रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको निर्माणमा बनेको चलचित्रलाई कबडी, कबडी कबडी लगायत थुप्रै सफल चलचित्र निर्देशन गरिसकेका रामबाबु गुरुङले निर्देशन गरेका छन् । नेपालको वर्तमान राजनैतिक, आर्थिक र सामाजिक अवस्थालाई जोडदार रुपमा प्रस्तुत् गर्न खोजिएको चलचित्रमा बिशेष गरी वैदेशिक रोजगार जानु पर्ने वाध्यतालाई चित्रण गर्न खोजिएको छ । कुशल छायांकन, रमणिय दृश्य र लोकसंगीत प्रमुख रहेको चलचित्र नेपालका दर्शकहरुले असाध्यै रुचाईदिएका छन् ।

बेलायतका विभिन्न सहरहरुमा प्रर्दशन भैरहेको सो चलचित्रलाई आ–आफ्नो पायक पर्ने स्थानमा गई हेरिदिनहुन आयोजकले चलचित्रप्रेमी नेपाली दर्शकहरुलाई अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!