एटा संवाददाता ।
लण्डन । यती एसोशिएसन युकेको अध्यक्षमा धुर्ब केसी निर्विरोध निर्वाचन भएका छन् । उनी गत आइतबार २८ अप्रिलका दिन लण्डनस्थित गोल्डेनसिप रेष्टुरेण्टमा सम्पन्न अधिवेशनले २९ औ कार्यसमितिको नेतृत्व प्रदान गरेको हो । सन् १९८२ देखि यतीको बिभिन्न पदमा कार्यरत अध्यक्ष केसी बेलायतमा परिचित सामाजिक अभियन्ता हुन् ।
बेलायतको सबभन्दा पुरानो संस्था यती एसोशिएसन युकेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बाचस्पति रेग्मी, उपाध्यक्षमा जीवन सेन, महासचिवमा डा. मुकुन्द बास्तोला, सहसचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा देब गुरूङ, सामाजिक सचिवमा जित रानाभाट, साँस्कृति सचिवमा माया केसी, प्रकाशन सचिवमा कनशीराज बोहोरा र सदस्यमा तिलक भट्टराई चयन गरेको छ । बाँकी सदस्य पद कार्यसमितिले चयन गर्नेछ । राजकुमार त्रिपाठीको संयोजकत्वमा गठित निर्वाचन मण्डलले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।
सो अधिवेशनले ३ जना संरक्षक, ११ जना सल्लाहकारहरु चयन गर्ने भएको छ । त्यसका लागि विधान समेत संशोधन गरेको छ । ाजकुमार त्रिपाठीको संयोजकत्वमा सम्पन्न निर्वाचन मण्डलमा
कार्यक्रममा यतीको पूर्व अध्यक्ष उमेश मोक्तान लगायत बेलायतका बिभिन्न संघसस्थांका प्रतिनिधिहरू, सल्लाहकारहरू, पत्रकार र पर्यवेक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यती एसोशिएसन युकेका अध्यक्ष शशीधर नेपालको अध्यक्षतामा सम्पन्न अधिवेशन महासचिव बाचस्पति रेग्मीले संचालन गरेका थिए ।






