इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गनाईजेशनको भेटघाट

SHARE:

राम ईजम
अल्डरसट । इन्टेक १९८२ ग्लोबल गोर्खा ओर्गनाईजेसन ३७आंै वसन्तमा प्रवेश गरेको अवसरमा वार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा अर्गनाइसेनका सदस्यहरु बाक्लो रुपमा उपस्थित थिए । संस्थाका महासचिव राम इजमले पहिलो चरणको कार्यक्रम सञ्चालन गरेका थिए । उनले कार्यक्रम सञ्चालनका क्रममा हालै सम्पन्न ५आंै महाधिवेशनको निर्वाचन समिति अध्यक्ष प्रकाश राउतलगायत सम्पूर्ण सदस्यहरुलाई मञ्चमा निम्त्याए । निर्वाचन समितिका सचिव ओम राईले पहिलो चरणको कार्यक्रम बढो रोचक र कौशलतापूर्वक संचालन गर्दै ५आंै महाधिवेशनले वर्तमान कार्यसमितिलाई नै पुनः थप कार्यभार सुम्पनु पर्ने निर्णय भएको जानकारी गराए ।
सचिव राईले वर्तमान कार्यसमितिलाई पुनर्बहाली गरिएको उद्घोष गरे भने नयाँ कार्यसमितिलाई बधाइ र शुभकामना प्रदान गरे ।

संस्थाका महासचिव राम इजमलाई दोस्रो चरणको कार्यक्रमलाई औपचारिकरुपमा अगाडि बढाउन मञ्च हस्तान्तरण गरे । महासचिव इजमले आम उपस्थितिलाई सौहार्दपूर्ण अभिवादन अर्पण गर्दै दिवङ्त सदस्यहरुको मृतात्माको चीरशान्तिको निम्ति प्रार्थना र कामना गर्दै १ मिनेट मौन धारण गरेपश्चात नेपाली राष्ट्रिय गानाको गुन्जनको साथ दोस्रो चरणको कार्यक्रम शुभारम्भ गरेका थिए । सो सत्रमा प्रकाश र मीना राउतकी सुपूत्री प्रतिष्ठा राउत उर्फ ‘ट्रिश’, जसले मिस इङलेण्ड २०१९ को प्रतिस्पर्धी बनी सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर सुरक्षित गरेकोमा र नम्बरी दुत पुन ‘उर्फ’ (चिम्खोले काइँलाले’ एङलिया रुस्किन युनिभर्सिटी लन्डनबाट मार्केटिङ तथा इनोभेसन सङ्कायमा स्नातकोत्तर (एमए) उत्तीर्ण भएको खुशियालीमा उनीहरुलाई खादा पहि¥याइ संस्थाका अध्यक्ष लक्ष्मी घिसिङले सम्मान गरिन् ।

चिम्खोले काइँलाले कार्यक्रमलाई भव्य बनाउन केही आर्थिक सहयोग गरे । साथै प्रवासबाट कार्यक्रममा सरिक हुनु भएको सदस्यहरु र शारीरिक अशक्त नम्बरीहरुलाई पनि निज अध्यक्ष घिसिङले खादा पहिरन गरी सम्मान गरे ।

यसै सिलसिलामा, महासचिव इजमले संस्थामा वर्षभरि भएका गतिविधिहरुबारे संक्षिप्तरुपमा जानकारी गराए भने अध्यक्ष घिसिङले उपस्थितिलाई सम्बोधन र धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमलाई बिसर्जन गरे ।

मनोरञ्जन संयोजक योगेश गुरुङलाई मनोरञ्जनको कार्यक्रमलाई गति दिन महासचिव इजमले मञ्च हस्तान्तरण गरे । संयोजक गुरुङले नेपालबाट आएका गायक, गायिकाहरुको दमदार प्रस्तुति र उपलब्ध विभिन्न मनोरञ्जन सामग्रीहरुको प्रस्तुत गरी उपस्थितिलाई भरपुर मनोरन्जन गराए ।

ज्योति घिसिङ, धनकुमार तामाङ, सन्तोष गुरुङ, राजु गुरुङ, योगेश गुरुङ, गौरीमाया लिम्बु, ओम राई र प्रतिष्ठा राउतहरु प्रायोजक रहेको भाग्य चिट्ठाको उपहारहरु वितरणको निम्ति गोलाप्रथामार्फत विजेताहरुलाई पुरस्कृत गरी संयोजक गुरुङले मनोरञ्जन दिलाए ।
अन्त्यमा, रोचक गीत, संगीतको साथ सामूहिक नृत्यमा सबै रमाउँदै करिब रातको ९ बजेतिर वार्षिक भेटघाट कार्यक्रम समापन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!