गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा तोप पल्ली निर्विरोध

SHARE:

एटा संवाददाता
लन्डन । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा तोप पल्ली निर्विरोध निर्वाचित भएका छन् ।

गत आइतबार ५ मे का दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न समाजको छैठौं अधिवेशनबाट निर्वाचित भएका हुन् । गुल्मी जिल्ला समाज यूकेको संस्थापक सदस्यबाट कार्यसमितिका रहेर काम गरेका पल्ली यसअघि खेलकुद सचिव, कोषाध्यक्ष र उपाध्यक्षको भूमिकामा रहेर अनुभव बटुलीसकेका छन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राम सापकोटा, तारानाथ भण्डारी र मोति चयन भएका छन् । त्यस्तै, महासचिवमा वीर बलाल, सचिव मञ्जु भण्डारी, कोषाध्यक्षमा वरुण भण्डारी र सहकोषाध्यक्षमा तारा भट्टराई निर्विरोध चयन भएका छन् । सदस्यहरुमा भोजराज भण्डारी, शंकर भण्डारी, राधा खरेल, महलाल घिमिरे, शिव राना, माया केसी, थम्मन राना, भक्त बलाल, भिम खनाल, रुद्र थापा, रिता गौतम, हरि भट्टराई, मुकुन्द खनाल, बाबुराम भण्डारी, पूर्णबहादुर थापा र कमला भण्डारी रहेका छन् ।

समाजका सल्लाहकार मीन दर्लामी संयोजक, सल्लाहकार रण केसी सहसंयोजक, सल्लाहकार मोती भण्डारी, सल्लाहकार क्याप्टेन ताम ढेगा र सल्लाहकार राजेन्द्र श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सो अवसरमा उनीहरुलाई निर्वाचन समितिले शपथ ग्रहण गराएका थिए । नयाँ कार्यसमितिलाई गुल्मेली नौमती बाजा यूके समूहले नौमती बाजा बजाएर बधाई तथा शुभकामना दिइएको थियो ।

कार्यक्रममा महासचिव शिव भण्डारीले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष तारानाथ भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत् गरिएको थियो । दुवै प्रतिवेदनमाथि व्यापक रुपमा छलफल गर्दै पारित गरिएको थियो । सो अवसरमा पाँचौं कार्यसमितिका अध्यक्ष राम गलामीले आफ्नो कार्यकालमा भएका सामाजिक तथा परोपकारी कार्यहरुको बारेमा जानकारी गराएका थिए । स्मरण रहोस् यसअघि ओमप्रसाद थापा, अध्यक्ष अर्जुन गौतम र राम गलामीले समाजको सफल अध्यक्षतामा गरिसकेका छन् ।

समाजका पाँचौं कार्यसमितिका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष राजेन्द्र खरेलले स्वागत मन्तव्य दिएका थिए भने सचिव बिर बलालले हेल्थ एण्ड सेफ्टीबारे जानकारी र महासचिव शिव भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!