एटा संवाददाता
लन्डन । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ ।
गत आइतबार ५ मे २०१९ का दिन लन्डनको प्लम्स्टेडमा नवनिर्वाचित अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न भएको हो । बैठकले नेपाल प्रेस यÞुनियन बेलायतको ३१ मार्च २०१९ मा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले नेपालबाट आएका युनियनका केन्द्रीय अध्यक्ष बद्रीद्रसिग्देल, उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयबाबु शिवाकोटी, प्रदेश नम्बर ३ का सांसद बिजुला बर्मा र नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई आभारसहित विशेष धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको यूनियनले जनाएको छ ।
त्यस्तै, बैठकले नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरन, नेपाली जनसम्पर्क समितिका अध्यक्ष युवराज गुरुङ, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूकेका उपाध्यक्ष शेरबहादुर सुनार, गेसो परिवार, मिडियालगायत सहभागी संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै, बैठकले प्रेस युनियन केन्द्र र बेलायतस्थित संघ सस्थाहरुसँग समन्वय गर्न र भावी कार्यक्रमहरुको तर्जुमा गर्न नवनिर्वाचित अध्यक्ष बिपिन निरौलालाई जिम्मा दिने निर्णय गरेको छ । साथै, बैठकले एनआरएनए यूके र नेपाल प्रेस युनियन यूकेबीच अन्तरक्रिया गर्ने र त्यसको लागि कार्यसमितिका उपाध्यक्ष खेमराज रानाभाटलाई कार्यक्रम संयोजक चयन गरेको छ । बेलायतका सांसद र बेलायतका नवनिर्वाचित नेपालीमूलका काउन्सिलरहरुसँग अन्तरक्रिया गर्ने, यसको लागि कार्यसमितिका अर्का उपाध्यक्ष एभरेस्ट गौतमलाई कार्यक्रम संयोजक चयन गरिएको यूनियनले जानकारी दिएको छ ।
साथै, बैठकले समावेशी प्रेसका लागि आदिवासी जनजाति संघसंस्थासँग समन्वय र अन्तरक्रिया गर्ने, वेल्समा रहेका नेपाली संघसंस्थासँग अन्तरक्रिया र त्यहाँ रहेका प्रजातान्त्रिक पत्रकारहरुको खोजी गरी सदस्यता वितरण एवं विस्तार गर्ने, सो का लागि कार्यसमितिका सचिव मन्दिप केसी संयोजक चयन गरिएको जनाइएको छ ।
बैठकले यूनियनका संस्थापक संयोजक एवं वर्तमान अध्यक्ष बिपिन निरौलाले २ वर्षअघि युनियनको इटहरीमा सम्पन्न पूर्वाञ्चल भेलामा घोषणा गरेबमोजिम प्रेस स्वतन्त्रता, मानवअधिकार, प्रजातन्त्र र जनजीविकाका विषयमा पत्रकारितामार्फत जागरण फैल्याउने नेपालभित्रका १ र नेपाल बाहिर विदेशस्थित १ जना गरी कम्तीमा २ जना पत्रकारहरुलाई पुरस्कारको व्यवस्था गर्ने, त्यसको लागि एक वर्ष भित्रमा एक कार्यक्रम गर्ने र संकलित रकम पुरस्कार र भैपरी आउने कार्यको लागि प्रयोग गर्ने, यसको लागि अध्यक्ष बिपिन निरौलालाई संयोजक चयन बताइएको छ । सोका लागि बिस्तृत कार्यविधि बनाइ संयोजक एवं अध्यक्ष निरौलाले आगामी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले युनियनको वेबसाइट बनाउनका लागि कार्यसमिति सदस्य लालमणि भट्टराई र कोषाध्यक्ष सन्तोष भट्टराईलाइ जिम्मा दिइएको छ । साथै सदस्य भट्टराईलाई डिजिटल विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको छ । निकट भविष्यमा हुने प्रतिभा नछेत्रको कार्यक्रमलाई सहयोग गर्न कार्यसमितिका सहसचिव कृष्णा भण्डारीलाई संयोजकको जिम्मेवारीसमेत दिइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपाली राजदूतको अध्यक्षतामा गठित समितिलाई सहयोग गर्न प्रचारप्रसार समितिका सहसंयोजकमा नियुक्त बिपिन निरौलाका साथै सदस्यका रुपमा कार्यसमितिका सदस्य शालिक सापकोटालाई पठाउने निर्णय गरिएको छ । बुद्ध फाउन्डेशन यूकेको यहि मे १२ आइतबारका दिन लन्डनको ट्राफलगर स्क्वायरमा सम्पन्न हुने बुद्ध जयन्ती कार्यक्रममा बृहत् सहभागिता जनाउने र सोको सहयोग एवं प्रचारप्रसारका लागि कार्यसमिति सदस्य सुरेन रुपाखेतीलाई संयोजकको जिम्मेवारी दिइएको छ । बैठकको संचालन कार्यसमितिका नवनिर्वाचित सचिव मन्दिप केसीले गरेका थिए ।






