हङकङ नेपाली मञ्च यूकेद्वारा ११ औं भेटघाट आयोजना

SHARE:

एटा संवाददाता
अल्डरसट । हङकङ नेपाली मञ्च यूकेले विविध कार्यक्रमका साथ ११ औं वार्षिक भेटघाटको आयोजना ग¥यो । गत शनिबार ४ मे २०१९ का दिन अल्डरसटस्थित अल्डरसड स्कुलमा सांगीतिक माहोलका साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो ।

हङकङ नेपाली मञ्च नेपालबाट हङकङ, हङकङबाट बेलायत आइबसेका नेपालीहरुको साझा संस्था हो । प्रत्येक वर्ष समरमा वार्षिक भेटघाट आयोजना गर्दै आएको छ । कार्यक्रममा उपाध्यक्ष एवं कार्यक्रम संयोजक चन्द्रकुमार सुनारले स्वागत मन्तव्य राखेका थिए । नेपालबाट आएकी गायिका प्रिति आले, गायक कृष्ण काप्mले र पवन रानाले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए ।

त्यस्तै, नेपालबाट आएकी विपशा विसी (जलपरी) ले विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत् गरेकी थिइन् । विन्ती ज्ञवाली लगायत स्थानीय कलाकारहरुले समेत भरपूर मनोरञ्जन प्रदान गरे ।

करिब २५० जनाको उपस्थिति रहेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, सहारा एफसी अध्यक्ष कृष्ण (क्रिश) गुरुङ लगायतको विशेष उपस्थिति थियो । सो अवसरमरा नेपाली राजदूत डा. सुवेदी र एनआरएनए यूके अध्यक्ष फगामीले शुभकामना मन्तव्य दिएका थिए । राफल ड्र समेत खेलाइएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष प्रेम गुरुङले संस्थाको बारेमा जानकारी दिएका थिए । त्यस्तै, मञ्चका अध्यक्ष भिम महेन्द्र गुरुङले प्रमुख अतिथि लगायत अतिथि र सहभागी सबैलाई उपस्थितिका लागि आभार व्यक्त गरे । बेजिङ्गस्टोकस्थित कर्म गोर्खा किचनका एमकुमार गुरुङले स्वादिष्ट खानाको व्यवस्था गरेका थिए भने सन्तोष गुरुङले डिजेको भूमिका निभाएका थिए ।

मञ्चका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव धनु थकालीले सञ्चालन गरेका थिए भने सचिव बल्लभ गुरुङले सांस्कृतिक कार्यक्रम चलाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!