ईन्टेक १९८६ को वार्षिक भेला सम्पन्न

SHARE:

जगत थापा
फार्नबोरो । गत वर्षझैं ईन्टेक १९८६ ले वार्षिक भेला सम्पन्न गरेको छ ।

१९८६ सालमा भर्ती भएका नम्बरी र उनीहरुको परिवारको भेला गत शनिबार ४ मे २०१९ को दिन फार्नबोरोस्थित गे्रञ्ज स्कुलको भव्यताका मनाइएको हो । पहिलो चरणमा फन फुटबल खेलेर भेटघाटको शुभारम्भ भएको थियो । लगभग सबै नम्बरीहरु पाँच दशक काटीसकेका भए पनि प्रायः खेलाडीहरु पूर्वखेलाडीहरु भएकोले उनीहरुको खेल प्रदर्शन कुनै जवान खेलाडीको भन्दा कम थिएन ।

खेल खेलिसकेपछि औपचारिक कार्यक्रम हलभित्र ईन्टेक १९८६ को अध्यक्ष मेजर योगेश राईको स्वागत मन्तव्य तथा सुरक्षा सूचनासम्बन्धी जानकारीबाट भएको थियो । नम्बरी मनबहादुर थापाको आयोजनामा नेपालबाट आएको चर्चित कलाकार जसको सांगीतिक यात्रा “हेरेको हेरै भयो” जस्तो सुपर हिट गीत गाएकी गायिका सहिमा श्रेष्ठले गाएर मनोरञ्जनको थालनी भएको थियो ।

कार्यक्रमको अवधिभर सहिमाले विभिन्न हिट गीतहरु गएर भरपूर मनोरन्जन दिलाएकी थिइन् । सहिमाको साथै नम्बरी वीर नेम्बाङले “उ जितेर गई या हारेर गई” जस्ता थुप्रै हिट गीत गाएर सम्पूर्ण नम्बरी तथा नम्बर्नीहरुलाई भरपूर मनोरञ्जन गराएका थिए भने अर्का नम्बरी युवाराज लिम्बु (इस्बो) र श्रीमती इस्बोले राजेश पायलको “भेट न भयो सोल्टिनीज्यू के छनी समाचार” जस्ता गीत गाएर मनोरन्जन गराएका थिए ।
यस्तै कार्यक्रममा अर्का नम्बरी विष्णुकुमार घर्तीले हङकङको सम्झना दिलाउने व्यङ्ग्यात्मक कविता बाचन गरेर मनोरन्जन दिलाएका थिए ।

सदावहार कमेडी मास्टर दिपक हमालको व्यङ्ग्यात्मक पीसहरु प्रहार गरेर सबैलाई पेट मिचिमिची हँसाएका थिए ।
कार्यक्रमलाई अरु रोचक तथा मनोरन्जनात्मक बनाउन विङ्गगो पनि खेलाइएको थियो । जसमा गुनबहादुर गुरुङ, दिपक हमाल र खड्क हाङ लिम्बुले सटिक र मनोरन्जनात्मक तरिकाले संचालन गरेका थिए । प्रत्येक अन्तरालमा सहिमा श्रेष्ठको प्रस्तुतिले भरपूर मनोरन्जन दिलाएकी थिइन् भने सहिमाले विश्राम लिएको समयमा नम्बरीहरुले पनि प्रस्तुति दिन चुकेका थिएनन् । त्यस्तैगरी कार्यक्रम अर्को आकर्षण राफल ड्र पनि थियो । जसको सञ्चालन गुनबहादुर गुरुङ, आनन्द पुन र दिपक हमालले गरेका थिए । राफल ड्र मा प्रथम पुरस्कार लक्की ज्वेलर्सका प्रोपाइटर तथा ईन्टेक १९८६ का अध्यक्ष मेजर योगेश राईद्वारा प्रायोजित एउटा सुनको जन्तर थियो भने अरु झन्डै १५ वटा भन्दा धेरै पुरस्कारहरु नम्बरीहरुबाटै प्रायोजन गरिएको थियो । कुनै पनि कार्यक्रममा नभई नहुने साधन पिए सिस्टम जुन भएन भने “नून बिनाको तरकारी” जस्तै हुन्छ र प्रायः सबै प्रोग्राममा सबैले धन्यवाद दिन बिर्सने पनि सायद यही पिए सिस्टमलाई नै होला । जसको प्रायोजन गोर्खा साउन्ड सिस्टमले गरेका थिए र यसको सञ्चालन लेख रानाले गरेका थिए ।

अन्त्यमा ईन्टेक १९८६ का अध्यक्ष मेजर योगेश राईले उपस्थित सबैलाई धन्यवाद दिएर करिव राति १० बजे कार्यक्रम समापन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!