एटा संवाददाता
केन्ट । गुरुङ सोसाइटी केन्ट (तमु समाज केन्ट) यूकेको अध्यक्षमा राजदेवी गुरुङ चयन भएकी छन् । उनी गत २८ अप्रिल आइतबारका दिन केन्टमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
उनी गुरुङ सोसाइटी केन्ट यूकेको स्थापनाकालदेखि नै सक्रिय छिन् । हालसम्म ६ जनाले गुरुङ सोसाइटी केन्ट यूकेको सफल नेतृत्व गरिसकेका छन् । सो नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा डोलबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा प्रेमकुमारी गुरुङ, महासचिवमा गोलमान गुरुङ, सचिवमा निरज गुरुङ, कोषाध्यक्षमा भिमप्रसाद गुरुङ, सहकोषाध्यक्षमा नरेन्द्र गुरुङ, सांस्कृतिक संयोजकमा ममता गुरुङ, सहसांस्कृतिक संयोजकमा इन्द्र गुरुङ, महिला संयोजकमा पवित्र गुरुङ र सुमित्रा गुरुङ, खेलकुद सचिवमा होम गुरुङ, खेलकुद उपसचिवमा मान गुरुङ र गणेश गुरुङ, जेष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ, न्युज अनि मिडियामा मिलन गुरुङ र वेबसाईटमा हेम गुरुङ चयन भएका छन् ।
सोसाइटीको सातौं अधिवेशनमा निर्वाचन मण्डलले उनीहरुलाई कार्यसमितिमा चयन भएको घोषणा गरेका थिए । गुरुङहरुको आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभूषा, रीतिरीवाज, परम्परा र कला जगेर्ना गर्ने उद्देश्यका साथ स्थापना भएको सोसाइटीले विभिन्न परोपकारी काम पनि गर्दै आएको छ ।






