अल्डरसटमा पहिलोपटक नेपाली मूलका काउन्सिलर

SHARE:

एटा संवाददाता
अल्डरसट । रस्मोर बरो काउन्सिलको काउन्सिलरमा प्रवेश केसी विजयी भएका छन् । उनी गत बिहिबार २ मे का दिन सम्पन्न स्थानीय निर्वाचनबाट सो काउन्सिलको अल्डरसटस्थित वेलिंगटन वडाको काउन्सिलरमा निर्वाचित भएका हुन् । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसटमा पहिलोपटक नेपाली मुलका काउन्सिलर बनेका हुन् ।

विगत दुई दशकदेखि बेलायत बस्दै आएका केसी प्रोपर्टी व्यबसायी पनि हुन् । कन्जरभेटिभ पार्टीको तर्फबाट उम्मेदवार बनेका केसीले ३२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वीले २८६ मत ल्याएका थिए । निर्वाचित भएपछि केसीले नेपाली समुदायको आवाजलाई समेत समेटेर बेलायती समुदायसँग काम गर्ने प्रतिक्रिया दिएका छन् । म्याग्दीमा जन्मिएका केसीले चुनावी अभियानमा आफूलाई मत दिने र आफ्नो चुनावी अभियानमा सघाउनेप्रति सबैलाई धन्यवाद दिए ।

सो अवसरमा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, एनआरएनए युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएनए आइसीसी सदस्य कुमारी गुरुङ, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, समाजसेवी गोपाल गुरुङ, फोटो पत्रकार मिलन तमु, पत्रकार बाचस्पति रेग्मी, नेपाली कलाकार संघकी संयोजक रोमियन लिम्बु लगायत नेपालीहरु मतदान केन्द्र प्रिन्सेश हलमा पुगी बधाई दिएका थिए । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा बस्दै आएका युवा व्यवसायी तथा समाजसेवी केसीको पक्षमा नेपालीहरुले प्रचारप्रसारमा समेत सहयोग गरेका थिए । अल्डरसटमा नेपालीको जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुर्‍याउने उद्देश्य रहेको उनको भनाइ छ । करीब १५ हजारभन्दा बढी नेपालीको बसोबास रहेको मानिएको काउन्सिलको काउन्सिलरमा केसी निर्वाचित भएपछि यहाँका नेपालीहरुमा निकै उत्साह देखिएको छ ।

त्यस्तै, हालै सम्पन्न स्थानीय निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीको तर्फबाट दिनेश खड्का मेडिस्टोन बरो काउन्सिलको काउन्सिलर, कन्जरभेटिभ पार्टीको तर्फबाट गोवद्र्धन सिलवाल हमाम्सटेड अन्र्तगत डेकोरम बरो काउन्सिलको काउन्सिलर, कोलबर्न टाउन काउन्सिलबाट डा. जगन्नाथ शर्मा, केन्ट मिडवेजबाट कन्जरभेटिभ पार्टीको तर्फबाट टासी तामाङ भुटिया र स्यान्डर्स अल्र्समोर काउन्सिलमा कन्जरभेटिभ पार्टीको तर्फबाट रामकुमार खजुम काउन्सिलर बनेका छन् । ह्याम्पसायरकी लिला सेलिङ्ग माबो र सर्रेकी आकांक्षा गुरुङले भने विजयी हासिल गर्न सकेनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!