तमुधिं यूके गोर्खा कपको अन्तिम तयारीमा

SHARE:

एटा संवाददाता
लन्डन । तमुधिं यूकेको सिंगो कार्यसमिति, सल्लाहकार र शुभचिन्तकहरु नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको अन्तिम तयारीमा जुटेका छन् ।

आउँदो २६ मे आइतबारका दिन १७ औं गोर्खा कप अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा आयोजना गरिने भएको छ । खेललाई सफलतापूर्वक सम्पन्न गर्नका लागि यसअघि नै तमुधिं यूकेका खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङको संयोजकत्वमा एक उपसमिति गठन गरिसकेको छ । सो खेलका लागि उपसमितिले गरेका तयारीका बारे आवश्यक छलफल गर्न गत आइतबार ५ मे का दिन फ्रेम्लीमा कार्यसमितिको बैठक बसेको थियो ।

बैठकमा खेलकुद सचिव क्याप्टेन गुरुङले तयारीबारे पावर पोइन्टमार्फत विस्तृत रुपमा जानकारी दिएका थिए । उनले अनुमानित बजेट, टिम, हेल्थ एण्ड सेफ्टी, पीच नक्शांक लगायतको विषयमा बोलेका थिए । त्यस्तै, उपाध्यक्ष हरि गुरुङले स्टलबारे र रामकुमार गुरुङ टिम दर्ताबारे जानकारी दिएका थिए । कोषाध्यक्ष कुमार गुरुङले आय–व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तमुधिं यूके आमा समूहकी जगतमाया गुरुङ, महासचिव यशोदा गुरुङ र कोषाध्यक्ष जसु गुरुङले गोर्खा कपमा आमा समूहको भूमिकाबारे जानकारी दिए । त्यस्तै, सल्लाहकार क्या. तिर्थमान गुरुङले पोर्टटेवल लु र स्कीपलगायत वातावरणसम्बन्धी जानकारी दिएका थिए । प्रतियोगिताको मिडियाबारे रोहित गुरुङ, सहकोषाध्यक्ष कमल गुरुङले ब्हील बिन र सरसफाईको बारे हमसायर सर्रे इकाई अध्यक्ष उत्तर गुरुङ लगायतलाई जिम्मेवारी दिइएको छ । त्यस्तै खेल सम्पन्न गर्नका लागि तमुधिं यूकेका आजीवन सदस्य तथा सहारा यूकेका अध्यक्ष कुमार गुरुङ र सहारा यूकेका उपाध्यक्ष लप्टन कुसाङ गुरुङलाई विशेष जिम्मेवारी दिइएको छ । बैठकमा एनआरएनए यूकेको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी तमुधिं यूके आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङलाई संस्थाका अध्यक्ष नन्दजङ्ग गुरुङले खादा लगाई संस्थाको तर्फबाट सफलताको शुभकामना दिए ।

हालै पोखरामा सम्पन्न पोखरा म्याराथनमा भाग लिएर आएकी तमुधिं यूके आमा समूहकी सल्लाहकार मञ्जु गुरुङलाई अध्यक्ष गुरुङले खादा लगाई बधाई दिए । त्यस्तै, बैठकमा हालै सल्लाहकारमा मनोनयन भएका डा. चन्द्रबहादुर गुरुङ, जङ्गबहादुर गुरुङ र क्या. चित्रबहादुर गुरुङलाई अध्यक्ष गुरुङले खादा लगाई स्वागत गरेका थिए । तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले बैठक संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!