उपप्रधानमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ताको विषयमा सामाजिक सञ्जालमा कसले के लेखे ?

SHARE:

काठमाडौं । एक टेलिभिजनले उपप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग लिएको अन्तर्वार्ताको विषयलाई लिएर यति बेला सामाजिक सञ्चालन रंगिएका छन् ।

प्रश्न सोध्ने विषयमा शिष्टता नभएको उपप्रधानमन्त्रीको तर्क र उपप्रधानमन्त्रीले यादव प्रश्नको सामना गर्न नसकेर भागेको कार्यक्रम सञ्चालकको आरोपको विषय सामाजिक सञ्जालमा छाएको हो । आइतबार एभिन्युज टेलिभिजनमा अन्तर्वार्ता दिँदै गरेका यादव बीचमै उठेर हिँडेका थिए ।

सामाजिक सञ्जालमा कसले के लेखे ?

कुसुस भट्टराई-

विजयकुमारका चेलाहरु

‘टक शो’मा डाकिएका अतिथिलाई हेपेर, दबाएर, पेलेर अनि ठाडो भाषामा प्रश्न सोध्ने शैलीका पायोनियर’ भनेका त उनै विजयकुमार हुन् । पंचायतकालमै उनी ओभर स्मार्ट हुँदै मन्त्रीहरुलाईसमेत हेपेरै प्रश्न सोध्थे । ‘खुदा गवाह’ फिल्मको छायांकनका बेला अमीताभ बच्चन नेपाल आएका थिए । त्यतिबेला विजयकुमारले अमिताभसँग अन्तर्वार्ता गरेका थिए । नायिका रेखासँगको प्रसँगमा विजयकुमारले केही फालतु प्रश्नहरु गरेको अमीताभलाई मन परेन । ओभर स्मार्ट विजयकुमारलाई अमिताभले भनिदिए, ‘म तिन पटक नेपाल आएँ । पहिलो पटक आउँदा त तिमी जन्मीएकै थिएनौ ।’ भन्नुको मतलब बिजयकुमारलाई अमिताभले ‘मेरो अगाडी तिमी बच्चा हौ’ भनिदिए । यसरी पहिलो पटक अमिताभले नै विजयकुमारको ठाडो शैलीलाई तह लगाएका थिए ।

लामो समयपछि ऋषि धमलाजीले ‘धमलाको हमला’ भनेर वाहीयात, बेप्रसँगका, ताँइ न तुईका अनि डेढअक्कले प्रश्नहरु गरेर अतिथिलाई हैरान बनाए । क्रिकेटर पारस खडकासँगको उनको अन्तर्वार्ताले ‘टक शो’ भन्ने विधाकै हुर्मत लियो । धमला मार्का टक शोले टिभी जर्नालीज्म र टक शोकै क्रेडिबिलिटी घटाइरहेको बेला केही पत्रकार साथीहरुले जब धमलाकै शैली पछयाउन थाल्नु भो, तब ‘उपेन्द्र यादव स्टुडियो बहिष्कार’ प्रकरणको जन्म भयो । जे होस्, धमलाजी र शुसील पाण्डेका गड फादर चाहिँ उही विजयकुमार नै हुन् भन्ने नबिर्सौं ।

मातृका पौडेल- बिगत २२ वर्षदेखि पत्रकारितामा डब्लुटी (पूर्णकालिन) छु :

पत्रकारिताको पार्टटाइम शिक्षक र सिकिरहन चाहने विद्यार्थी पनि हुँ

अन्तर्वार्ता लिने र दिने तरिकाबारे अरु केही बोल्न चाहिन,चिज किल्लोरनै छ

 

पत्रकार मुकुन्द ढु‌ंगाना – जस्तो सुकै प्रश्न होस डटेर जवाफ दिनुपर्छ, त्यो अन्तर्वार्ता दिनेले बुझ्नुपर्छ । दुवै जनाले बुझ्नुभएन । प्रश्नकर्ताले सिमा नाघ्नुभो अनि मन्त्रीजी अन्तर्वार्ता बीचमै छाडेर हिड्नुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!