बेसीसहरमा सुनपानी (मारक्यु) प्रदर्शन

SHARE:

बेसीसहर । क्लाइमेक्स आर्टको प्रस्तुती रहेको गुरुङ भाषामा निर्माण भएको गुरुङ चलचित्र मारक्यु (सुनपानी) बैशाख २८ गते लमजुङ बेसिसहारमा पहिलो प्रदर्शन भएको छ । कोहोलासोंथर गाउँपालिका प्रमुख प्रेम घलेको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको चलचित्र लमजुङमा पहिलो पटक प्रर्दशन भएको हो । उक्त चलचित्र बेसिसहरमा अपार भीडका साथ दुई शो प्रर्दशन गरिएको थियो । दर्शकहरुले सिट अभाव भई भुइमा बसेर समेत चलचित्र हेरेका थिए भने कतिपय दर्शकहरु फर्केका थिए । गणेश गुरुङ (सुबास) को कथा तथा लेखन रहेको सो चलचित्र दिनेश गुरुङको (डेब्यु ) निर्देशन र खुशि गुरुङको सह निर्देशनमा बनेको छ । त्यस्तै, उक्त चलचित्रमा कमल गुरुङ, खुशी गुरुङ, रोश्नी गुरुङ लगायतको मुख्य भुमिका रहेको छ भने संग्राम गुरुङ, चिनु घले लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । सो चलचित्रले लमजुङबासी सबैको मन जित्न सफल भएको छ । सुरुवती गाउँ सगै झुल्किएको दृश्य हेर्दै जाँदा दर्शकलाई पेट मिचीमिची हँसाउने र रुवाएको दर्शकहरुको भनाई छ । धेरै लामो समय पश्चात समाजमा उत्कृष्ट चलचित्र हेर्न पाएको र आफूहरुलाई चित्तबुझेको लमजुङबासी दर्शकहरुको भनाइ रहेको छ । दिदी र भाइको कथालाई समेटेर बनाएको शुद्द गुरुङ भाषामा बनेको चलचित्रले प्रेम कथा र पारिवारिक बिषयबस्तुहरु समेट्न प्रयास गरेको छ । साथै, गुरुङ सँस्कारमा सुनपानी प्रयोग बिषयलाई बिशेष महत्व दर्शाइएको छ । उक्त चलचित्रलाई नवराज घले, सुर्य घले, चन्द्र गुरुङ, नन्द बहादुर गुरुङ, राकेश गुरुङ, केश गुरुङ, संग्राम गुरुङ, कालु गुरुङ र दबिराम गुरुङले निर्माण गरेका हुन् ।
गुरुङ समुदायमा सुनपानी (मारक्यु) को महत्व दर्साउन फिल्म नै निर्माण गरिएको छ । जीवन र मरणको दोसाँधमा पुगेकालाई सहज बनाउन नेपाली समाजमा सुनपानी प्रयोग गरिन्छ । गुरुङ समुदायमा सुनपानी खुवाएपछि निधन भएमा उसको स्वर्गमा बास हुने विश्वास गरिन्छ । भाषा, कला, संस्कृति र मायाप्रेमको विषयवस्तुलाई समेटेर फिल्मको नाम नै मारक्यु (सुनपानी) राखिएको निर्माण पक्षको भनाई छ । लमजुङकै दोर्दी गाउँपालिका ५ को छैलुङ र वाकस्वाँरामा छायांकन गरिएको फिल्मको पहिलो प्रिमियर शो बैशाख २८ गते बेंसीसहरको अन्नपूर्ण चलचित्र मन्दिरमा भब्य प्रदर्शन भएको हो । फिल्मलाई लमजुङबाटै प्रदर्शन सुरुआत गरिएको छ । नेपाली समुदायले बुझ्ने गरी फिल्मलाई नेपाली भाषामा समेत रूपान्तरण गरिएको छ । ‘गुरुङभाषीका दर्शकका लागि भने गुरुङ भाषामै फिल्म छ । फिल्मको ओर्जिनल कपी पनि गुरुङ भाषाकै रहेको छ । सो चलचित्रमा प्रेम कथाका अलावा बाबाआमाको निधनपछि दिदीले घर व्यवहार सम्हाल्नुपरेको यथार्थपरक घटनालाई समेटिएको सुवास गुरुङ (गशेण) को पटकथा रहेको छ । सो चलचित्रमा खुसी गुरुङ, रोशनी गुरुङ, कमल गुरुङ, आकाश गुरुङ, गजबहादुर गुरुङ, अस्मिता गुरुङ, केशकुमारी गुरुङ, प्रतिमा गुरुङ, पर्शुराम गुरुङ, दुरमाया घले, सीमा गुरुङ लगायतले अभियन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!