शिवशरण गुरुङ
लन्डन । तमु समाज यूकेले सामाजिक भवन खरिद परियोजना सहयोगार्थ च्यारिटी डिनर नाईटको आयोजना गरेको छ ।

गत ५ मे २०१९ आइतबारका दिन लन्डनस्थित ह्यरो लेजर सेन्टरको बईरोन हलमा सो कार्यक्रम आयोजना गरिएको हो । बेलायतको राजधानी लन्डनमा नेपालीहरुको बसोबास बाक्लिएसँगै सामाजिक भवनको आवश्यकता महसुस गरी लन्डनमा नेपाली मन अट्ने, नेपाली कला, संस्कृति र झल्कने सामाजिक भवन खरिदको लागि च्यारिटी कार्यक्रम आयोजना गरिएको समाजले बताएको छ ।
तमु समाज यूकेका सल्लाहकार केदारबहादुर गुरुङले कार्यक्रमस्थलको स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी गराएलगत्तै स्टार्टर खाना लिएपछि प्रमुख अतिथि संयुक्त अधिराज्य बेलायती संसद्का छायाँ मन्त्री तथा सांसद बेरी गर्डनर र समाजका अध्यक्ष शिवचन्द्र गुरुङले संयुक्तरुपमा पानसमा दीप प्रज्ज्वलन गरी नेपाल र बेलायतको राष्ट्रिय धुन बजाएर कल्याणकारी रात्रिभोज कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो । समाजका अध्यक्ष गुरुङको अध्यक्षता र उपाध्यक्ष तथा सामाजिक भवन खरिद परियोजना र कार्यक्रमका संयोजक शिवकुमार गुरुङको संयोजकत्वमा सम्पन्न औपचारिक कार्यक्रम महासचिव हर्कबहादुर गुरुङ र निरज गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि छाया मन्त्री तथा सांसद बेरी गर्डनरले मन्तव्य राख्दै कार्यक्रममा तमु समाज यूकेले गरेको च्यारिटी डिनर नाईटमा सहभागी बन्न पाउँदा अति खुसी लागेको बताए । उनले आफूलाई गरिएको विशिष्ट आतिथ्य सत्कार र स्वादिष्ट खानाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यसैगरी मन्तव्यमा प्रमुख अतिथिले तमु समाज यूकेले भाषा, संस्कार, र संस्कृतिको संरक्षण र सम्वद्र्धन सँगसँगै विभिन्न प्रकारका सामाजिक तथा कल्याणकारी क्रियाकलापहरु र शिक्षा क्षेत्रको प्रगतिको प्रशंसा गर्दै सामाजिक भवन खरिद परियोजनामा उदार भावबाट दान गरेका सबै चन्दादाताहरुलाई आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।

प्रमुख अतिथिले बेलायत नेपालको युगौं लामो सम्बन्ध, सहयोग र गोर्खाहरुको योगदानको उल्लेख गर्दै पछिल्ला समायमा नेपाली समुदायले यहाँका अन्य समुदयसँग घुलमिल र समाहित हुँदै गरेका प्रशंसनीय कार्यहरुले नेपाली समुदायलाई बेलायतीहरुले अरु समुदायको दाँजोमा सदा उच्च स्थानमा राखेको पनि बताए । तमु समाज यूकेको उन्नति र प्रगतिका लागि आफूले सहयोग गर्ने प्रतिबद्ध जनाए ।
यसैगरी, विशेष अतिथि बेलायती सांसद वीरेन्द्र शर्माले पनि तमु समाज यूकेको कल्याणकारी कार्यक्रममा सहभागी बन्न पाउँदा खुसी लागेको बताए । भावी पिढीहरुका निम्ति मजबुत आधारशिला खडा गर्न आफ्नो भाषा संस्कार र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने समाजको दायित्व रहेको उल्लेख गर्दै उनले राम्रा सामाजिक तथा कल्याणकारी कार्यहरु गरेर नयाँ पुस्तालाई शिक्षित गराउनुपर्ने बताए । साथै सबै नयाँ पुस्ताको भविष्य बेलायतमै रहने भएकाले उनीहरुलाई मतदातामा मात्र सीमित नराखी राजनीतिक संलग्नता बढाई नेतृत्व तहसम्म पुर्याउन समाजले आधारशिला खडा गर्नुपर्ने र शिक्षित गराउनुपर्ने भन्दै सबैलाई राजनीतिक सचेतनाको निम्ति आह्वान गरे ।
समाजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक शिवकुमार गुरुङले तमु समाज यूकेको सामाजिक भवन खरिद परियोजनाका सम्पूर्ण दानबिर चन्दादाताहरु, च्यारिटी डिनर नाईट कार्यक्रमलाई मन, वचन र कर्मले आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने सम्पूर्ण विशिष्ट अतिथि, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, व्यापार व्यवसायमा आबद्ध विभिन्न प्रायोजक, कलाकार, शुभचिन्तक र च्यारिटी डिनर नाईट कार्यक्रम आयोजनामा दिलो ज्यानले खटिएका आयोजक समितिका सहकर्मीहरु, संस्थाका अध्यक्षलगायत कार्यसमितिका पदाधिकारिहरु, सल्लाहकारहरु, आमा समूह, युवा समूह, सम्पूर्ण सदस्यहरु तथा महानुभावहरुमा आभारसहित धन्यवाद पनि व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजको बहुप्रतिक्षित एवं महत्वकांक्षी सामाजिक भवन खरिद परियोजना सफल बनाउन एक हजार पाउन्डभन्दा माथि आर्थिक सहयोग पुर्याउने दानबिर चन्दादाताहरुलाई फेटा, दोसल्ला र ताम्रपत्र र एक हजारभन्दा कम ५ सय पाउन्डसम्म आर्थिक सहयोग गर्ने दानबिरहरुलाई प्रशंसापत्र र खादाले विशेष सम्मान गरिएको थियो । ५ सयभन्दा कम अर्थिक सहयोग गर्नेहरुलाई मञ्चमा नाम बोलाई खादा लागाई सम्मान गरिएको थियो ।
चन्दादाताहरुलाई सम्मान गर्न प्रमुख आतिथि, विशेष अतिथि, समाजका अध्यक्ष, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष बिन्दु घले कार्यक्रम संयोजक शिवकुमार गुरुङलगायत स्वयंसेवक आमा दिदीबहिनीहरु सहाभागी थिए ।
त्यसैगरी, कार्यक्रममा तमु समाज यूकेको स्वागत गीतको शब्द रचना गर्ने बेलायतका चर्चित कार्यक्रम उद्घोषक सूर्जे गुरुङ, कार्यक्रम स्थल व्यवस्थापनमा सधैं महत्वपूर्ण भूमिका निर्वाह गर्ने हेरो लेजर सेन्टरका इभेन्ट म्यानेजर तामिन दुरोनि, उत्कृष्ट खाद्य व्यवस्थापनको निम्ति रारा केटरिङका प्रोपाईटर प्रताप रायमाझी, नेपालबाट आएका आतिथि गायक कलाकारहरु कुलेन्द्र बिक, पवन राना र सञ्जय गुरुङलाई पनि प्रशंसा पत्र र खादा लागई सम्मान गरिएको थियो ।
७० भन्दा बढी विभिन्न नेपाली संघ संस्था र व्यापार व्यवसायका नेतृत्व तथा प्रतिनिधिलगायत ५ सय संख्याको उपस्थिति रहेको भव्य कल्याणकारी रात्रिभोजबाट सामाजिक भवन खरिद परियोजनाका लागि झन्डै ८५ हजार पाउन्ड आर्थिक दान सहयोग र ३४ हजार पाउन्ड निब्र्याजी ऋण रकम संकलन भएको छ । तमु समाज यूके सामाजिक भवन खरिद परियोजनाको निम्ति हालसम्म सर्बाधिक आर्थिक दान सहयोग गर्ने दानवीर व्यक्तित्वहरु संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ ३ हजार ५६ पाउन्ड, खेलकुद सचिव हरिमान गुरुङ ३ हजार ३ पाउन्ड र सल्लाहकार काँशिराज बोहरा २ हजार ७ सय ३५ क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा छन् ।
कार्यक्रममा अतिथिका रुपमा वेम्बली सेन्ट्रलका काउन्सिलर क्रुपा सेठ, डुडेन हिलका काउन्सिलर क्रुपेस हिरानी, हेन्डन कनस्टिच्युएन्सी बार्नेटका लागि लेबर पार्टी सांसदका प्रत्यासी डेबिड पिन्टो डुसचिन्सकि, सडबरिका काउन्सिलर सकिब बट, वेम्बली सेन्ट्रलका काउन्सिलर विलमेनिअ मिचेल मुरि, बन्र्टवोकका काउन्सिलर अमार नभिकि, ब्रेन्टका पूर्वमेयर काउन्सिलर भगवानजी चौहान, गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्षद्वय पुनम गुरुङ र शेरबहादुर सुनार, चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष मेजर कृष्णबहादुर गुरुङ, घोताने समाज यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ, यती नेपाली एशोसिएसनका पूर्वअध्यक्ष उमेशराज मोक्तान र निवर्तमान अध्यक्ष शशी पौडेल, तमु प्ये ल्हु संघ यूकेका पूर्वमहासचिव भेगलाल गुरुङ, दक्षिण पूर्वी तमुधिं लन्डनका अध्यक्ष हिराप्रसाद गुरुङ, उपाध्यक्षद्वय पावर्ती गुरुङ र हरि गुरुङ, महासचिव डम्बर गुरुङ, संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ र निवर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङ, रोयल ग्रिनवीच नेपालिज एशोसिएसनका यूकेका अध्यक्ष हरिगोविन्द गुरुङ, बुद्ध फाउन्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ, तनहुँ समाज यूकेका अध्यक्ष लेखबहादुर गुरुङ, बेजिङस्टोक तमु गुरुङ समाज यूकेका अध्यक्ष ओमप्रसाद गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ र पूर्वअध्यक्ष दिलीप गुरुङ, हङकङ नेपाली मञ्च यूकेका संस्थापक अध्यक्ष प्रेमबहादुर गुरुङ र पूर्वअध्यक्ष दुर्गाबहादुर गुरुङ, श्री पञ्चकोसी आर्थरडाँडाखर्क समाज यूके तथा थाउजन्ड बुद्ध यूकेका अध्यक्ष मेजर समुन्द्र गुरुङ, फेदिखोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, दुर्लुङ समाज यूकेका अध्यक्ष रक्षे गुरुङ, पञ्चासे समाज यूकेका अध्यक्ष शिवराम गुरुङ बिईएम, तमु कलाकार मञ्चका अध्यक्ष चन्द्रबहादुर गुरुङ, कालाबङ घडेरी समाज यूकेका अध्यक्ष सुर्जे गुरुङ, गोर्खा नेप्लिज वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष दिवाकर राई उपस्थित थिए ।
त्यस्तै, सोंपाल समाज यूकेका अध्यक्ष युक्तबहादुर गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष विश्वजङ्ग गुरुङ, मर्दिखोला समाज यूकेका अध्यक्ष धरमराज गुरुङ, नेपाल ब्रिटिस कम्युनिटी सेन्टरका अध्यक्ष मिलन घिमिरे, कोडेक यूकेका उपाध्यक्ष रुकमिनी श्रेष्ठ थापा, गोर्खा जिल्ला समाज यूकेका अध्यक्ष कर्णबहादुर दर्लामी, गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजित गुरुङ, भुम्दिकोट समाज यूकेका अध्यक्ष जुमकाजी गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष नरेश गुरुङ, पर्वत वेल्फेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आले, सेफ एशोसिएसन यूकेका अध्यक्ष ददि आचार्य, पोख्रेली मञ्च यूकेका अध्यक्ष मनप्रसाद गुरुङ, भूपू नेपाल प्रहरी परिवार संघ यूकेका अध्यक्ष वाचस्पति रेग्मी, गुरुङ सोसाईटी केन्ट यूकेका महासचिव गोलमान गुरुङ, रङजुङ येसे ओडियाना यूके सेन्टरका अध्यक्ष क्याप्टेन जीवनकुमार गुरुङ, चित्रेली समाज यूके शाखाका अध्यक्ष हितमान गुरुङ, तामाङ समाज यूकेका अध्यक्ष कुमार लामा, धादिङ नुवाकोट समाज यूकेका उपाध्यक्ष कृष्ण तिमिल्सिना र महासचिव बोमबहादुर वाइबा, मेन्दोमाया समाज यूकेका अध्यक्ष हरिसिङ गुरुङ, लमजुङ दरबार परिवारका अध्यक्ष ज्ञानबहादुर गुरुङ, धरान समाज यूकेका अध्यक्ष सूर्यमान गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष लामा धरम गुरुङ, तिबेटियन कम्युनिटी ईन ब्रिटेनका अध्यक्ष दहाला छेरिङ, डाईमन्ड बुद्धिष्ट सेन्टर यूकेका उपाध्यक्ष मिना गुरुङ, किरात यायोक्खा यूकेका उपाध्यक्ष चन्द्रबहादुर राई, किरात राई यायोक्खा लन्डन शाखाका अध्यक्ष रोम मुकारुङ, मगर संघ यूकेका सचिव सरला राना, मगर संघ वेम्बली यूकेका उपाध्यक्ष गन्जबहादुर आले, प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नेप्लिज एकाउन्ट एशोसिएसन यूकेका अध्यक्ष सरोज सापकोटा, एभरेष्ट ल फर्मका निर्देशक सोलिसिटर राजु थापा, यूके नेपाल बोडि बिल्डिङ एशोसिएसनका अध्यक्ष सुकबहादुर गुरुङ, आईएमई लन्डनका प्रबन्ध निर्देशक कमल पौडेल, एभरेस्ट सुपर मार्केट लिमिटेडका प्रबन्ध निर्देशक रवीन्द्र श्रेष्ठ, लन्डन फेसन हाउसका निर्देशक मनिसा डंगोल, पिपल मोर्गेजका निर्देशक सूर्य गुरुङ, एभरेस्ट सुपर मार्केट लिमिटेड साउथ हेरोका प्रबन्ध निर्देशक खड्गबहादुर गुरुङ, एभरेस्ट क्यास एण्ड क्यारि लिमिटेडका प्रबन्ध निर्देशक एबि गुरुङ, ए स्टर फाइनानसिएल यूकेका अध्यक्ष मिन दर्लामी, गोल्डेन सिप रेष्टुरेन्टका प्रबन्ध निर्देशक, देव गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, वि नेपाली डटकमका प्रधान सम्पादक नविन पोखरेल, एभरेस्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्बाङ र बिबिएम ओल्र्ड टिभिका निर्देशक बिसन गुरुङ, गोर्खा मिडियाका वरिष्ठ फोटोग्राफर मिलन तमुलगायतले संस्थागत सहभागिता जनाएका थिए ।
समाजका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार विजु गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङलगायत आमा समूहका आमा दिदीबहिनीहरुले अतिथि सत्कार र कोषाध्यक्ष यम गुरुङ सहकोषाध्यक्ष पूर्ण गुरुङ, उपाध्यक्ष कन्यप्रसाद गुरुङ, कार्यसमितिका सदस्य सुरेस घले र खेमबहादुर गुरुङले ईन्ट्री कन्ट्रोलको जिम्मा लिएका थिए ।
त्यस्तै सल्लाहकार केदार बहादुर गुरुङ र सह संयोजक दिपक गरुङले अतिथिहरुको निम्ति पेय पदार्थको जिम्मेवारी लिएका थिए भने कार्यक्रम स्थलको व्यवस्थापनको जिम्मेवारि संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्ब अध्यक्ष शिबशरण गुरुङ, निबर्तमान अध्यक्ष अर्जुन कुमार गरुङ, कार्यक्रम संयोजक तथा उपाध्यक्ष शिव कुमार गुरुङ र खेलकुद सचिब हरिमान गुरुङ लगायत कार्यसमतिका पदाधिकारुहरु तथा सल्लाहकारहरुले गरेका थिए ।
सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी सांस्कृतिक सचिव सरु गुरुङ रानाले गरेकी थिइन् । नृत्य कलाकारहरुमा आमा समूहका आमा दिदीबहिनीहरु, समाजका कलाकार भाइबहिनीहरु र मगर संघ यूके वेम्बली युथका कलाकार भाइबहिनीहरु थिए । सांस्कृतिक कार्यक्रम सञ्चालनमा निरज गुरुङलाई स्वस्ति गुरुङले सघाएका थिए । अतिथि कलाकारहरु कुलेन्द्र बिक, पवन राना र सञ्जय गुरुङले पनि गीत प्रस्तुत गरी सबैलाई नचाएका थिए ।
यसैगरी, कार्यक्रमको भिडियोग्राफीमा बिसन गुरुङ, फोटोग्राफीमा ओमकार गुरुङ र टेकबहादुर गुरुङ रहेका थिए । कार्यक्रममा साउन्ड सिस्टमको व्यवस्थापन चाँद म्युजिक ओल्र्डले गरेका थिए भने कोब्रा बियर लिमिटेडले मिनरल वाटरको प्रायोजन गरेको थियो । रात्रीभोजमा टेबल सर्भको व्यवस्थासहित उत्कृष्ट तथा स्वादिष्ट नेपाली खाना र पेया पदार्थको व्यवस्थापन रारा केटरिङले गरेको थियो ।
कार्यक्रमको अन्तमा हाउजिङ परियोजना र कल्याणकारी रात्रिभोज कार्यक्रमका संयोजक तथा उपाध्यक्ष शिवकुमार गुरुङलाई समाजका अध्यक्ष र संस्थापक अध्यक्षले सफल कार्यक्रम संयोजनको निम्ति बधाईसहित फेटा लगाई सम्मान गरेका थिए ।






