सोंपाल समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न

SHARE:

भरत गुरुङ
लन्डन । सोंपाल समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभा गत ४ मे २०१९ शनिवारको दिन लन्डनस्थित हेरोस्थित इष्टकोट एभिन्यु आरएएफए क्लबमा विविध विषयमा छलफल र निर्णय गर्दै भव्य रूपमा सम्पन्न भएको हो ।

समाजका अध्यक्ष युक्तबहादुर गुरुङको अध्यक्षतामा भएको वार्षिक बैठकमा उपाध्यक्ष प्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए । बैठक समुद्घाटन अध्यक्ष युक्तबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष नईन्द्र गुरुङ, संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ, सल्लाहकार जुमबहादुर गुरुङ र आमा समूहकी उपाध्यक्ष इन्द्रवती गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए । बैठकमा यस वर्षभित्र जति पनि दिवंगत भएका आफन्तजनहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

बैठकमा समाजका पूर्व अध्यक्षहरु र सल्लाहकारहरुले शुभकामना मन्तव्य राख्नुको साथै सल्लाह र सुझाव र समाजले गरेको प्रगतिबारे धन्यवाद दिएका थिए । बैठकमा कोषअध्यक्ष ध्रुव गुरुङले समाजको आम्दानी र खर्च विवरण पेस गरेका थिए ।

समाजका अध्यक्ष गुरुङ र महासचिव भरत गुरुङले वर्षभरी समाजले गरेका कार्यहरुको प्रतिवेदन पेस गर्दै समाजको हितको लागि सबैलाई एकजुट हुन आग्रह गरे ।
बैठकमा नेपालबाट बेलायत आएका सिरुबरी गाउँ फर्क आधारभूत निमाविका प्रधानाध्यापक सावित्री गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो । त्यस्तै, शिक्षा, नयाँ व्यापार व्यावसाय, प्रमोसन, वैवाहिक सम्बन्ध नयाँ घर खरिदजस्ता समाजका उपलब्धि हासिल गरेका व्यक्तित्वहरुलाई बधाई दिइएको थियो ।

बैठकमा समाजको आगामी कार्यक्रमहरुका मिति तय गर्नुको साथै मातृभूमि नेपाल सोंपाल समाज माझकटेरी गुम्बा संरक्षणको लागि सोंपाल समाज यूकेका सदस्यहरु इच्छाअनुसार दिएको अनुदान ३,६६९ पाउन्ड जम्मा भएको संयोजक मिठु गुरुङले जानकारी गराएका थिए भने सोंपाल समाज दरौ थाप्लेमा निर्माण हुन गइरहेको बुद्ध प्रतिमा निर्माणको लागि समाजका सदस्यहरुबाट जम्मा रु २६,४४,०००÷– जम्मा भएको सल्लाहकार पार्वती गुरुङले बैठकलाई जानकारी गराए । समाजका विभिन्न पदाधिकारीहरु र सदस्यहरुको बाक्लो उपस्थित रहेकोे बैठकलाई समाजका महासचिव भरत गुरुङले संचालन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष युक्तबहादुर गुरुङले वार्षिक बैठकमा उपस्थित भइ सल्लाह सुझाव दिने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि सधैं एकबद्ध भइ समाजको हक र हितको लागि अगाडि बढ्न सबैलाई अनुरोध गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!