एटा संवाददाता
अल्डरसट । प्रत्येक महिना अल्डरसटमा आयोजना गरिदै आएको इम्पावरमेन्ट ईभेन्टमा फानन्सीयल तथा प्रोपर्टी एड्भाजर सूर्य प्रकाश गुरुङको बिशेष प्रस्तुती रह्यो । गत बिहिबार ९ मे साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको इम्पावरमेन्ट ईभेन्टको तेश्रो श्रृखंलामा उनले ‘माई मनी मेरो मर्जी’ नामक प्रस्तुती दिएका हुन् ।
पीपल मोर्गेज सर्भिसेसका निर्देशक समेत रहेका गुरुङको फाइन्सीयल म्यानेजमेन्ट अन्र्तगत बजेट व्यवस्थापन, इन्भेष्टमेन्ट, इन्स्योरेन्स, पेन्सन, कर र स्टेट प्लानिङ्ग बारे जानकारी दिएका थिए । आफूले कमाएको धनलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा उनले अत्यन्त सरल तरिकाले जानकारी गराएका थिए ।
माउसटेल वेभ सर्भिसेस् र गोर्खा इन्फरमेशन म्यानेजमेन्ट लिमिटेडले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले एकअर्कामा आ–आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए । सो अवसरमा अल्डरसट क्षेत्रका उद्यमी, व्यापारी लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम स्थल, प्रोजेक्टर र चियापानी लगायत एम्पायर हलले प्रायोजन गरेका थिए ।






