बिसीसी युकेद्वारा २५६३ औं बुद्ध जयन्ती मनाउदै

SHARE:


एटा संवाददाता ।
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर युके (बिसीसी) ले २५६३ औं बुद्ध जयन्ती धार्मिक पूजापाठ र प्रवचन सहित मनाउदै छ । आज शनिबार बिहान ९ बजे देखि अल्डरसटस्थित बिसीसी गुम्बामा नेपालबाट आएका धर्म गुरु डुपसेङ्ग रिन्पोछे, खेन्पो छेवाङ्ग लामा, दोर्जे लोपेन वाङ्गदी र डुप्सेङ्ग रिन्पोछे (जुनियर) को बिशेष उपस्थितिमा धार्मिक पूजापाठका साथ मनाइएको हो । आजै दिउँसो १ देखि अल्डरसटस्थित एम्पायर हलमा धर्मगुरुहरुद्वारा वाङ्ग (अभिषेक) दिइने कार्यक्रम रहेको छ । आज बिहानको कार्यक्रममा बिसीसी युकेका संस्थापक अध्यक्ष काजी शेर्पा, निवर्तमान अध्यक्ष नारायण प्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ र अध्यक्ष नरेश गुरुङलगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपाध्यक्ष धर्म तामाङ्गले स्वागत मन्तब्य दिएका थिए भने महासचिव रबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
उक्त धार्मिक पूजामा बिसीसी युके र आमा समूहको तर्फबाट मण्डला प्रदान गरिएको थियो । दिउँसोको कार्यक्रममा सहभागी भई धर्मगुरुहरुबाट वाङ्ग लिन आयोजक बिसीसी युकेले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!