बेलायती नेपाली समुदायमा चर्चित गोर्खा कपमा ४२ टिमबीच भिडन्त, करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा

SHARE:

लन्डन । बेलायती नेपाली डायस्पोराको सबैभन्दा बृहत् इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यस पटक ४२ टिमबीच भिडन्त हुने भएको छ । आउँदो आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं प्रतियोगितामा ३२ मेन र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने आयोजक तमुधिं यूकेले जनाएको छ ।

प्रतियोगिता हेर्न करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ । प्रतिस्पर्धाका लागि हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड र हङकङबाट समेत टिमले सहभागिता जनाउने भएका छन् । करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथम हुने टिमले २५ सय पाउन्ड नगद, दोस्रोले १५ सय पाउन्ड ट्रफी र प्रमाणपत्र पाउनेछन् । टप स्कोरर, वेष्ट प्लेयरका लागि पनि पुरस्कारको विशेष व्यवस्था छ ।

तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले गोर्खा कप नेपाली समुदायबीच एकताको सन्देश दिने एउटा मुख्य इभेन्ट भएको बताए । उनले आयोजक तमुधिं यूके भए पनि इभेन्ट सबै नेपालीको साझा भएको बताउँदै यसले नेपाली युवा खेलाडीलाई अवसर प्रदान साथै नेपाली कला, संस्कृति, खाना, भेषभुषाको समेत प्रवर्द्धन गर्ने जनाए । गोर्खा कप हेर्न बेलायतभरबाट नेपाली ओइरिन्छन् । कतिपयले यसलाई डेटिङ स्पटका रुपमा समेत व्याख्या गर्ने गरेका छन् । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ । खाना तथा हस्तकलाका स्टल, एफए कप डिस्प्ले, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति कार्यक्रमका थप आकर्षण हुन् ।

कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले खेलमा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको जानकारी दिए । स्थानीय प्रहरी, सुरक्षा गार्ड र स्वयंसेवक गरि करिब सय जनाले खेल स्थानलाई सुरक्षा दिने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!