नेटवर्किङ विस्तारमा संग्लन थप ८ भारतीय पक्राउ, ४२ लाख रुपैयाँ बरामद

SHARE:

काठमाडौँ । नेटवर्किङ विस्तारमा संग्लन ८ भारतीयलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । २८ वैशाखमा प्रहरीले साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्दै आएका १२ भारतीयलाई पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकाहरु यही समूहका अन्य सदस्य भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोहम्मद मियाँ, तेजनारायण शुक्ल, नुर ऐन वार्सी, राजेश कुमार शुक्ल, अटल त्रिपाठी, रबी गिरी, नितिन श्रीवस्तावक मोहम्मद सोयललाई ठमेल र बबरमहलबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरीका अनुसार त्यतिका धेरै रकम उनीहरुले नेटवर्कको सदस्य बनेका नेपालीबाट उठाएको हुनसक्ने आशंका गरेको छ। परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले पक्राउ परेकाहरुलाई संगठित अपराधमा मुद्दा चलाउने प्रक्रिया थालिएको बताए ।

यो समूहले दुबईमा प्रधान कार्यालय रहेको भारतको लखनउ, हङकङ र मौरिससमा शाखा कार्यलय रहेको बताउँदै पिरामिड शैलीको नेटवर्क व्यवसाय विस्तार गर्न खोजेको देखिन्छ। न्यूनतम १२ सय ५० डलर जम्मा गरेर खाता खोल्न सकिने, जसमा कम्पनीले त्यति नै रकम थप गरिदिने र ६ महिनापछि क्रेडिट कार्ड दिने बताउँदै कम्पनीले सदस्यता विस्तार सुरु गरेको देखिन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!