बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमसाथ बुद्ध जयन्ती मनायो

SHARE:

एटा संवाददाता
रेडिङ । बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमका वैशाख पूर्णिमा, शान्तिका अग्रदूत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती मनाएको छ ।

गत १८ मे २०१९ (जेठ ४ गते शनिबार) का दिन रेडिङमा बुद्ध जयन्ती मनाइएको हो । सो क्षेत्रमा रहेका भक्तजनहरुको बाक्लो उपस्थितिमा संसारभर छरिएर रहेका बौद्ध धर्मावलम्बीहरुको लागि सबैभन्दा पुण्यवान दिन सामूहिक रुपमा मनाइएको हो । बुद्धको जन्म, सम्बोधि लाभ र महापरिनिर्वाण प्राप्त गरेको तीन वटा तिथि एकै दिनमा परेको हुँदा बौद्धमार्गीहरुले सो दिनलाई त्रिसंयोग दिवस पनि भन्ने गरेको पाइन्छ । पुण्य पावन तिथि अनुकूल बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनमा बौद्ध धर्म दर्शनका ज्ञाता श्रद्धेय खेन्पो गुरुहरु र वरिष्ठ लामा गुरुहरुबाट पहिलो पटक (कुठ्युई) भगवान बुद्धको दिव्य कायामा स्नान पूजा, गणचक्र पूजा, प्रवचन तथा आयु अभिषेक (छेवाङ्) प्रदान गरिएको थियो ।

त्रिसंयोगको पुण्य पावन तिथिमा सञ्चय गरेको पुण्यफल अरु समयको भन्दा लाखौं गुणाले वृद्धि हुने कुरा बुद्धको सुत्र तथा तन्त्र ग्रन्थ शास्त्रहरुमा व्यापक उल्लेख भएको पाइन्छ । पुण्य तिथिमा दिवंगत पितृहरुको स्मृतिमा र आफ्नो सपरिवारको नामबाट ईच्छाअनुसार खीर दान, भोजन दान, फलफूल तथा प्रसाद दान, चिया दान, जल दान, पुजामा प्रयोग फूल र अक्षता दान इत्यादि कुनै पनि दान गर्न सक्नुहुने जानकारीका साथ पुण्य अनुष्ठानमा सहभागी भई पुण्य सञ्चयको लागि भन्दै हार्दिक निमन्त्रणा गरिएको थियो ।

कार्यक्रममा एनआरएनए यूकेकी उपाध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, घोताने परिवार यूकेका संस्थापक अध्यक्ष नरजङ्ग गुरुङ, रेडिङ नेपाली समाज यूकेका भूतपूर्व अध्यक्ष महेश गुरुङ, दुर्लुङ्ग समाज यूकेका अध्यक्ष ज्वहरीलाल गुरुङ, तमु फोरम यूकेका निर्देशक क्या. राजु गुरुङ, तमुधिं यूके उपाध्यक्ष जुमकाजी गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष विश्वजङ्ग गुरुङ, बेजिङ्गस्टोक गुरुङ समाज अध्यक्ष दुर्गा गुरुङ, रेडिङ्ग नेपाली समाजका अध्यक्ष टेकबहादुर गुरुङ, रेडिङ्ग तमु समाजका अध्यक्ष नन्दबहादुर गुरुङ, च्भ्न्द्यब् अध्यक्ष महेन्द्र गुरुङ, च्भ्न्द्यब् महासचिव मनोज गुरुङ, सहारा अध्यक्ष कुमार गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो ।

रेडिङस्थित साउथ रिडिङ कम्युनिटी हलमा सम्पन्न कार्यक्रममा साउथ रेडिङ काउन्सिलर रचेल इडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष खेमबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कमल गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए । पाठपूजा र आशीर्वाद लिन आएका महानुभावहरुबाट प्राप्त संकलन भएको एक भ्यान जुस वितरण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!