बिसीसी यूकेले विविध कार्यक्रमका साथ २५६३ औं बुद्ध जयन्ती मनायो

SHARE:

एटा संवाददाता
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बिसीसी) ले २५६३ औं बुद्ध जयन्ती धार्मिक पूजापाठ र प्रवचनसहित मनाएको छ ।

गत शनिबार १८ मे बिहान ९ बजेदेखि अल्डरसटस्थित बिसीसी गुम्बामा नेपालबाट आएका धर्म गुरु डुपसेङ्ग रिन्पोछे, खेन्पो छेवाङ्ग लामा, दोर्जे लोपेन वाङ्गदी र डुप्सेङ्ग रिन्पोछे (जुनियर) को विशेष उपस्थितिमा धार्मिक पूजापाठका साथ बुद्ध जयन्ती मनाइएको हो । त्यस्तै, सोही दिन दिउँसो १ देखि अल्डरसटस्थित एम्पायर हलमा धर्मगुरुहरुद्वारा वाङ्ग (अभिषेक) ग्रहण गराइएको थियो ।

कार्यक्रममा बिसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, निवर्तमान अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बिईएम, आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, डा. सुनिल र अध्यक्ष नरेश गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वल गरी कार्यक्रम उद्घाटन गरेका थिए । एचई डुप्सेङ्ग रिन्पोछेले आयु पूजा गरेका थिए । उनले कार्यक्रमको अन्त्यमा भक्तजनहरुलाई वाङ्ग (अभिषेक) दिएका थिए ।

त्यस्तै, उपाध्यक्ष हर्कबहादुर गुरुङले गुम्बाको तला थपबारे जानकारी गराएका थिए । त्यस्तै, कार्यक्रममा विगत केही वर्षदेखि गुम्बामा सञ्चालन हुँदै आएको मेडिटेशनको भिडियो प्रस्तुत् गरिएको थियो । कार्यक्रममा बिसीसी यूके १२ वर्षमा पूरा गरेको अवसरमा प्रकाशित स्मारिकाको विमोचनसमेत गरिएको थियो । स्मारिकालाई एचई डुप्सेङ्ग रिन्पोछे, खेन्पो छेवाङ्ग गुरुङ, संस्थापक अध्यक्ष काजी शेर्पा, निवर्तमान अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बिईएम, आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, डा. सुनिल, बिसीसी अध्यक्ष नरेश गुरुङ, उपाध्यक्षतृय हर्क गुरुङ, धर्म तामाङ र दावा शेर्पा, स्मारिका प्रधान सम्पादक मे.रि. खुशीमान गुरुङ, सम्पादक मण्डलका आसबहादुर गुरुङ र सविन्द्रकुमार गुरुङले संयुक्त रुपमा विमोचन गरेका थिए ।

करिब ५०० जनाको उपस्थिति रहेको कार्यक्रममा हालै गुम्बाको ट्रष्टीज बनेका सदस्यहरु र तला थपका लागि निब्र्याजी ऋण सहयोग गर्ने विभिन्न दाताहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ट्रष्टीज तथा निब्र्याजी ऋणबारे सल्लाहकार मे.रि. खुशीमान गुरुङले जानकारी दिएका थिए । कार्यक्रमको सुरुआतमा उपाध्यक्ष धर्म तामाङले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको अन्त्यमा उपाध्यक्ष दावा छिरिङ्ग शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सफल बनाउन बिसीसी यूके सिङ्गो कार्यसमिति, आमा समूह, भक्तजन, ट्रष्टीज, सल्लाहकार र शुभचिन्तकहरुले विशेष भूमिका खेलेका थिए ।
बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षता, उपाध्यक्ष धर्म तामाङको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई महासचिव रबिन गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!