१७औं गोर्खा कपको तयारी पूरा, १० हजार दर्शक जम्मा हुने अपेक्षा

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सो कुरा आयोजक तमुधिं यूकेले गत आइतबार १९ मे का दिन मिचेटस्थित तमुधिं भवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आउँदो आइतबार २६ मे का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुने १७ औं गोर्खा कप फुटबल प्रतियोगितामा मुख्यतर्फ ३२ र भेट्रानतर्फ १० टिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

सन् २००३ सालदेखि प्रत्येक वर्ष आयोजना गर्दै आएको गोर्खा कपको लोकप्रियता निकै बढ्दै आएको छ । यसपटक प्रतियोगितामा भाग लिनका लागि हल्यान्ड, आइसल्यान्ड, बेल्जियम, आयरल्यान्ड र हङकङबाट समेत नेपाल फुटबल टिम आउने भएको छ । करिब ४५ हजार पाउन्ड खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य खेलतर्फ प्रथम हुने टिमलाई २५ सय पाउन्ड नगद, दोस्रो टिमलाई १५ सय पाउन्ड ट्रफी र प्रमाणपत्र पुरस्कारस्वरुप प्रदान गरिने छ ।
त्यस्तै, भेटे«नतर्फ प्रथम हुनेलाई १२ सय पाउन्ड र दोस्रो हुनेलाई ८०० पाउन्ड, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको जानकारी दिइएको छ । साथै, टप स्कोरर र वेष्ट प्लेयरका लागि पनि पुरस्कारको विशेष व्यवस्था गरिएको आयोजक तमुधिं यूकेका खेलकुद सचिव एवं प्रतियोगिता संयोजक क्याप्टेन पिताम्बर गुरुङले जानकारी गराए ।

उनले इभेन्टमा स्वास्थ्य तथा सुरक्षालाई विशेष प्राथमिकता दिइएको जानकारी गराउँदै ५० वटा सेक्युरिटी अफिसर, ३० जना ट्राफिक मार्शल र २० जना स्वयंसेवक गरी करिब १०० जना सुरक्षाका लागि आन्तरिक व्यवस्था गरिएको छ भने स्थानीय प्रहरीले समेत विशेष निगरानी राख्ने जानकारी दिए ।

त्यस्तै, आपतकालीन अवस्थाका लागि हेलिप्याड, मेडिकल समूह, फायर सेप्mटी ग्रुप र इमेरजेन्सी द्वारको समेत व्यवस्था मिलाइएको छ ।

करिब ७ हजारदेखि १० हजार दर्शकहरुको उपस्थिति हुने अपेक्षा गरिएको प्रतियोगितामा करिब २००० कार आउन सक्ने जनाउँदै आवश्यक पार्किङ्गको व्यवस्था मिलाइएको जानकारी दिए । साथै, मौसम खराब भएको अवस्थामा पनि वैकल्पिक कार पार्कको समेत व्यवस्था मिलाइएको बताए । त्यस्तै, १० वटा रेस्टुरेन्ट, ४० वटा हस्तकला तथा व्यापारिक स्टल र केही स्वयंसेवक स्टलहरु रहने छन् ।

रसमोर बोरो काउन्सिल सबैभन्दा बढी नेपाली बसोबास रहेको मानिएको काउन्सिल हो । सो काउन्सिलकी नवनियुक्त मेयर सु कार्टरको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको कार्यक्रममा नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन, स्थानीय अधिकारी, प्रहरी, ब्रिडेग अफ गोर्खाजलगायत अधिकारीहरुको विशेष उपस्थिति रहने छ ।

करिब २२० जना आगन्तुकहरुलाई विशेष आमन्त्रण गरिएको कार्यक्रममा ‘एफ ए’ लिगका अधिकारीको समेत विशेष उपस्थिति रहनेछ भने गत वर्षझैं ‘एफ ए’ कपको विशेष प्रदर्शन गरिने भएको छ ।
तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङले गोर्खा दसौं कार्यसमितिको पहिलो कार्यक्रम रहेको जानकारी गराउँदै सबैको साथ र सहयोगकै कारण गोर्खा सफलतापूर्वक सम्पन्न गरिँदै आएको र यस वर्ष पनि आवश्यक सहयोगको अपेक्षा गरे ।
उनले गोर्खा कपकै कारण नेपाली युवाहरुको खेलप्रति आकर्षण बढ्दै आएको र कतिपय खेलाडीहरुले अवसरसमेत पाएको बताउँदै सो प्रतियोगिताबाट नेपाली कला र संस्कृतिको समेत प्रवद्र्धन भएको विश्वास व्यक्त गरे ।
गोर्खा कप, फुटबल प्रतियोगिता सँगसँगै नेपालीहरुको भेटघाट र व्यापार प्रवद्र्धनको थलो बन्दै आएको छ ।

सो प्रतियोगिताबाट बचत रकम भएको परोपकारी क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ र यसपटक गोर्खा वेलफेयर ट्रष्ट र रस्मोर बरो काउन्सिललाई सहयोग गरिने आयोजक संस्था तमुधिं यूकेले जानकारी दिए । साधारणतर्फ २ पाउन्ड प्रवेश शुल्क तोकिएको प्रतियोगितामा प्यारा डिस्प्ले, राफल ड्र, खुकुरी डान्स, कल्चरल डान्स, मेलिटरी डिस्प्ले र एनआरएनए यूकेले निःशुल्क स्वास्थ्य शिविरसमेत राख्ने भएको छ ।

सो पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाल पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष ध्रुव अर्याल, सचिव पूर्ण गुरुङ, सचिव शिव भण्डारी, सदस्य गणेश खड्का, केन्द्रीय पार्षद मिलन तमु, सविन्द्रकुमार गुरुङ, वाचस्पति रेग्मी, प्रकाश कँडेल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । सो अवसरमा दुवै समूहको टिम ड्र र रेस्टुरेन्ट लोकशन ड्र समेत गरिएको थियो । सो अवसरमा तमुधिं युकेका मिडिया सेक्रेटरी रोहित गुरुङले पत्रकारहरुको परिचय गराएका थिए । साथै, उनीहरुलाई खादा लगाई स्वागत समेत गरिएको थियो ।

सो प्रतियोगितालाई सफल बनाउनका लागि तमुधिं यूकेले खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङको संयोजकत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । सो प्रतियोगिताको स्टल सम्बन्धमा उपाध्यक्ष हरि गुरुङ, अतिथिबारे चारभञ्ज्याङ्ग तमु समाज यूकेका अध्यक्ष मेजर कृष्ण गुरुङ, टिम दर्तामा रामकुमार गुरुङ, कार पार्क व्यवस्थापनमा साउथ ईष्ट रिजनल तमुधिं लन्डनका हिरा गुरुङ, सुरक्षाबारे ले.मुक्तिजङ्ग गुरुङ, वातावरणबारे क्याप्टेन तिर्थ गुरुङ लगायतलाई जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै, प्रतियोगिता सफल बनाउन तमुधिं यूकेका पदाधिकारी तथा सदस्य, आमा समूह, युवा समूह, विभिन्न इकाई, सल्लाहकार र आजीवन सदस्यहरुले समेत आ–आप्mनो क्षेत्रबाट विशेष भूमिका निभाउँदै आएका छन् । प्रतियोगितालाई आईडिया फर नेपाल र बिशन सोलिसिटर्सले मुख्य प्रायोजन गरेको छ भने सिटी एक्सप्रेस मनी ट्रान्फर, कर्म गोर्खा किचन रेस्टुरेन्ट लगायत उद्यमी, व्यापारी, व्यक्ति संघ संस्थाहरुले प्रायोजन गरेको छ । पत्रकार सम्मेलनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं आमा समूहलगायत सल्लाहकार, टिम क्याप्टेन, रेस्टुरेन्ट व्यवसायी, शुभचिन्तक र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!