१३औं नेपाली ओपन कन्सर्टको तयारी सकियो, वरिष्ठ गायक प्रेमध्वज प्रधानको विशेष प्रस्तुति रहने

SHARE:

एटा संवाददाता
लन्डन । बेलायतको नेपाली समुदायमा चर्चित नेपाली ओपन कन्सर्टको तयारी पूरा भएको छ ।

१९ मे आइतबार आयोजक मगर संघ यूकेले मगर भवन फार्नबोरोमा पत्रकार सम्मेलन गरी कन्सर्टको तयारी सकिएको जानकारी गराएको हो । कन्सर्ट आउँदो १ जुन शनिबार फार्नबोरो फुटबल स्टुडियम हुनेछ । ‘म्यूजिक फर यूनिटी’ सन्देशसहित हुन लागेको कसन्र्टमा नेपाली सांगीतिक क्षेत्रका धरोहर ८२ वर्षीय वरिष्ठ गायक प्रेमध्वज प्रधानको समेत विशेष प्रस्तुति रहने मगर संघ यूकेकी वरिष्ठ उपाध्यक्ष एवं कन्सर्ट प्रमुख संयोजक सिता पुनले जानकारी दिइन् ।
गायक प्रधानले ‘घुम्तीमा नआऊ है…, तारामात्र होइन तिमीलाई जुन… यो मौसम म…लगायत दर्जनौं गीत गाइसकेका छन् । त्यस्तै, बुगीबुगीकी विजेता प्रगति पुन, चर्चित लोकगायक कुलेन्द्र बिक, सन्ध्या बुढा (काउली बूढी), निरु श्रीष, हेमन्त आले, नेपाली चलचित्रका नायक धिरज मगर, सलिना थापा मगर, निलिमा थापा मगर लगायतले स्टेज तताउने छन् ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा स्थानीय मेयर सु कार्टर, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र वरिष्ठ गायक प्रेमध्वज प्रधान विशेष अतिथि रहने छन् ।
नेपाली कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यका साथ सन् २००७ देखि आयोजना गर्दै आएको कन्सर्टमा विशेषगरी गीत तथा नृत्य प्रस्तुत् गरिने छ । कार्यक्रममा ४ वटा खानाको स्टलसहित व्यापार तथा व्यवसायीहरुको स्टल रहने छ भने मगर युवाहरुले संसारका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमाल आरोहणमा रहेका निर्मल पूर्जाको ‘प्रोजेक्ट पोसिवल’ अभियान सहयोगार्थ स्टल राखिनेछ ।

करिब ५ हजार जना दर्शक सहभागी हुने अपेक्षा गरिएको कार्यक्रम दिउँसो १२ बजेबाट सुरु भई साँझ ६ः३० समापन हुने आयोजकले जनाएको छ । दर्शकहरुको उपस्थितिलाई ध्यान दिँदै वैकल्पिक कार पार्कको समेत व्यवस्था मिलाइने आयोजक मगर संघ यूकेले जानकारी दियो । त्यस्तै, सुरक्षालाई व्यवस्थित गर्नका लागि सुरक्षाको विशेष प्रबन्ध मिलाइएको, बच्चाहरुको मनोरञ्जनका लागि फेस पेन्टिङ्ग, आईसक्रिम र निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको छ ।
नेपाली गीत तथा संगीत गुन्जिने कन्सर्टले नेपालीहरुबीच अझ गाढा सम्बन्ध कायम गर्न विशेष भूमिका खेल्ने धेरैको विश्वास छ । कार्यक्रमबाट बचत भएको रकम परोपकारी कार्यमा सहयोग गरिने समेत संघका अध्यक्ष ले. रि. सुनिल रानाले जानकारी दिए ।

कार्यक्रममा सांस्कृतिक सचिव तन्याङ्ग राना, सल्लाहकार ले.कर्णल याम राना, पूर्वअध्यक्ष दुत पुन, संरक्षक घन थापा, संयोजक सीता पुन र अध्यक्ष ले.रि. सुनिल रानाले पत्रकारहरुको जिज्ञासालाई मेटाउने प्रयास गरेका थिए । कार्यक्रमलाई व्यक्ति, उद्यगी, व्यापारी तथा संघसंस्थाहरुले प्याटुनियम, गोल्ड र सिल्भर स्पोन्सर गर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाल पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नविन पोखरेल, वरिष्ठ उपाध्यक्ष ध्रुव अर्याल, सचिव शिव भण्डारी, सचिव पूर्ण गुरुङ, सदस्य गणेश खड्का, केन्द्रीय पार्षद सविन्द्रकुमार गुरुङ, वाचस्पति रेग्मी, प्रकाश कँडेल, गोमा राना लगायत पत्रकारको उपस्थिति थियो । सो अवसरमा पत्रकारहरुलाई अध्यक्ष ले.रि. रानाले खादा लगाई स्वागत गरेका थिए । मगर संघ यूकेका अध्यक्ष ले.रि. सुनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव रुद्र थापाले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!