बेलायतमा नेपालीमूलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित

SHARE:

बेलायती मेयरमा नेपाली
लन्डन । बेलायतमा नेपालीमूलका डा. जगन्नाथ शर्मा मेयर निर्वाचित भएका छन् । शर्मा नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिल मेयरमा निर्वाचित भएका हुन् । मे पहिलो साता कन्जरभेटिभ पार्टीबाट काउन्सिलर निर्वाचित उनी सोमबार काउन्सिलरमाझ भएको मतदानमा करिब दुई तिहाइ मतले मेयर निर्वाचित भए । बेलायतमा नेपालीमूलका दोस्रो मेयर उनी यसअघि उक्त काउन्सिलकोउपमेयर थिए । यसअघि सन् २०१६ मा पहिलो मेयर बनेका शंकर गैरेले भने स्वान्ली टाउन काउन्सिलबाटै ‘असहयोग र षड्यन्त्र’ भएको भन्दै ६ महिना नपुग्दै राजीनामा दिएका थिए ।

बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट डा. शर्मा कोर्लबर्न टाउनमा जातीय अल्पसंख्यक (इथ्निक माइनोरिटी) बाट मेयर बन्ने पहिलो मेयर हुन् ।

पर्वत बिहादी रानीपानीका शर्माको कार्यकाल कम्तीमा एक वर्ष हुनेछ ।

पछिल्ला वर्ष बेलायतको स्थानीय राजनीतिमा नेपाली प्रवेश हुने क्रम विस्तारै बढ्दै गएको छ । मे पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा करिब आधा दर्जन नेपाली काउन्सिलर पदमा निर्वाचित भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!