लोक तथा दोहोरी गायिका भूमिका लन्डनमा

SHARE:


फोटो मिलन तमु

एटा संवाददाता
लन्डन । नेपालकी चर्चित लोक तथा दोहोरी गायिका भुमिका गिरीले बेलायतको विभिन्न सहरमा आफ्नो  प्रस्तुती दिने भएकी छन् । उनी पर्वत वेलफेयर सोसाईटी बेलायतको निमन्त्रणामा गत मंगलबार २३ मे का दिन बेलायत आएकी हुन् ।

अत्यन्त मिठो स्वरकी धनी गिरी पर्वत वेलफेयर सोसाईटीको गत ६ मे का दिन सम्पन्न नयाँ बर्ष कार्यक्रमका लागि आउन लागेकी थिईन । तर, उनको भिसा ढिलो प्राप्त भएकोले सो कार्यक्रममा उनी सहभागी हुन सकिनन् । उनले “तिउन मिठो बनायो चुकैले, हङ्गकङ्गको चुरोट गोरखपुरको सलाई, पंचेबाजा” लगायत करीब ४ दर्जन गीत गाइसकेकी छन् ।

स्टेज क्वीनको रुपमा समेत परिचित गिरीले बेलायत लगायत करीब १६ वटा देशमा बसोबास गर्ने नेपालीहरुबीच आफ्नो  सांगीतिक कोशेली पस्कीसकेकी छन् । उनले आउने शनिबार एनआरएनए युकेको कार्यक्रममा आफ्नो  प्रस्तुती दिने छन् भने आयोजकको अनुरोधमा बेलायतका विभिन्न सहरमा समेत आफ्नो  सांगीतिक प्रस्तुति दिने  बताउछिन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!