पत्रकार श्रेष्ठ र पाठक लण्डन उत्रिए

SHARE:

 एटा संवाददाता ।
लण्डन । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक शुक्रबार बिहान लण्डनस्थित हिथ्रो एयरपोर्ट उत्रेका छन् । उनीहरु १७ औं गोर्खा कपमा सहभागी हुन बेलायत आएका हुन् । श्रेष्ठ रेडियो अन्नपूर्णका सिईओ हुन भने पाठक खेलकुद पत्रकार हुन् ।
उनीहरुलाई स्वागत गर्न सहारा युके अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङ, महासचिव धन थकाली, संस्थापक सल्लाहकार लोक बहादुर गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ, उमा गुरुङ, गोर्खा कप आयोजक तमु धिं युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सल्लाहकार महेश गुरुङ गोदवा, हङ्गकङ्ग नेपाली फुटबल टिमका अनिल गुरुङ, नरजङ्ग गुरुङ र सदस्य एवं फोटो पत्रकार मिलन तमु विमानस्थल पुगेका थिए ।
तमुधिं युके, गोर्खा हेरिटेज ट्रष्ट र सहारा युकेको निमन्त्रणामा बेलायत आएका पत्रकारद्वय श्रेष्ठ र पाठक आउँदो आइतबार २६ मे का दिन सम्पन्न हुन लागेको गोर्खा कप फुटबल प्रतियोगितामा सहभागीता हुनेछ । साथै, उनीहरुले सहारा युके, गोर्खा हेरिटेज ट्रष्ट लगायत संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने छन् । त्यस्तै, पत्रकार दिपेन्द्र श्रेष्ठले आउँदो ३१ मे साँझ अल्डरस्थित एम्पायर हलमा सामुदायिक पत्रकारिका तथा उद्घोषण तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई माउसटेल वेभ सर्भिसेज, गोर्खा इन्फरमेशन लिमिटेड र गोर्खा मिडियाले आयोजना गर्न लागेको हो । उक्त तालिममा सहभागी हुन ईच्छुक महानुभावहरुलाई सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!