तमु विद्यार्थी छात्रवृत्ति अक्षयकोषका लागि तमु साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण

SHARE:

हुम तमु

पोखरा । ग्रामीण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई तमु धिं युकेका सल्लाहकार ओमेन्द्र तमु र कार्यसमिति सदस्य श्रीप्रसाद तमुले २ लाख ५० हजार हस्तान्तरण गरेका छन् ।

पोखरा १०, रंगशाला गेट अगाडि अवस्थित पञ्चकोशी आर्थर डाडाखर्क समाज घरमा मंगलवार आयोजित कार्यक्रममा एक जना विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्नका लागि ओमेन्द्र तमुले १ लाख २५ हजार र अर्को एक जना विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न श्रीप्रसाद तमुले १ लाख २५ हजार रुपैया तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमुलाई हस्तान्तरण गरेका हुन् । उच्च शिक्षा, हाम्रो लक्ष्य नाराका साथ स्थापित प्रतिष्ठानद्वारा ग्रामीण भेकका सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई आर्थिक अभावले बिचैमा पठन पाठन रोक्न नपरोस् भन्ने उद्वेश्यले विगतदेखि सञ्चालित छात्रवृत्ति अभियानलाई विशेष प्रभावकारी बनाउ तमु धिं युकेले वर्षेनी युकेमा आयोजना गर्ने च्यारिटीमा उहाँहरु दुवै जनाले एक, एक जना विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षयकोष प्रदान गर्ने घोषणा बमोजिम उक्त रकम मंगलवार हस्तान्तरण गरिएको हो ।

हाल १६ जिल्लाका ८० भन्दा बढी विद्यार्थीलाई वार्षिक आठ हजार रुपैयाका दरले छात्रवृत्ति वितरण, विभिन्न स्रष्टाहरुलाई सम्मान र पुरस्कृत गर्दै आएको तमु साँस्कृतिक प्रतिष्ठानले घर बिदामा नेपाल आउनुहुदा स्वागत सम्मानका क्रममा उहाँहरुले उक्त रकम हस्तान्तरण गर्नुभएको हो। यसरी नै कार्यक्रममा अक्षयकोषदाताहरु अनेसास युके च्याप्टरका अध्यक्ष सुमलकुमार तमु, तमु धिं युकेका संस्थापक प्रमुख डा.चन्द्रबहादुर तमु, तमु धिं युके तथा एन आर एन युकेका पुर्व अध्यक्ष मुच्छेत्र तमुलाई पनि प्रतिष्ठानले स्वागत गरेको थियो।

कार्यक्रममा तमु धिं युकेका संस्थापक प्रमुख डा.चन्द्रबहादुर तमुले मन्तव्य व्यक्त गर्नुहुदै अक्षयकोषदाताहरुलाई धन्यवाद दिनुभयो। उहाँले प्रतिष्ठानको अभियानमा आफुहरुले स्थापनाकालदेखि नै सहयोग गर्दै आएको भन्दै प्रतिष्ठानको कार्यको प्रसंशा गर्नुभयो। अब पोखरामा करिब १० रोपनी क्षेत्रफलमा व्यवस्थित सभा सम्मेलन हलको आवाश्यकता छ, जग्गा खोज्नुस हामी सहयोग गर्न तयार छौं भने । अनेसास युके च्याम्टरका अध्यक्ष, वरिष्ठ साहित्यकार सुमलकुमार तमुले तमु मातृ भाषा र साहित्य संरक्षण र विकासका लागि तमुहरु जुट्नुपर्ने आग्रह गरे । विद्यालयहरुलाई तमु भाषा पठन पाठनको व्यवस्था र तमु साहित्य लेखनका लागि पहल जरुरी रहेको उहाँको भनाई थियो। राज्यले त गरेन,हाम्रै तमुहरुद्वारा सञ्चालित विद्यालयहरुबाट तमु भाषा पठन पाठन शुरु गर्न आग्रह गरे ।

लिटिलस्टेप उच्च माविका संस्थापक सेरबहादुर तमुले राष्ट्रले गर्न नसकेको शैक्षिक क्षेत्रमा छात्रवृत्ति अभियान तमु साँस्कृतिक प्रतिष्ठानले गरेको बताउनुभयो।गरिब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा सहयोग सबैभन्दा ठुलो सहयोग हो भन्दै उनले आफ्नो तर्फबाट पनि प्रतिष्ठानको कदममा सक्दो साथ रहने बताए । भाषा,कला, साहित्य संरक्षण र विकासका लागि विद्यालयहरु भन्दा पनि तमु संघ संस्थाहरुको दायित्व भएको उनको भनाई थियो।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा गठित तमु विद्यार्थी समितिकी अध्यक्ष शिला तमुले अक्षयकोष दाताहरुलाई धन्यवाद व्यक्त गर्नुृहुदै छात्रवृत्तिबाट आफुहरुलाई अध्ययनमा थप प्रेरणा मिलेको बताए । विद्यार्थी समिति गठन पश्चात आफुहरु पनि प्रतिष्ठानका हरेक गतिविधीमा सहभागी हुदै आइरहेको उनले बताए ।

प्रतिष्ठानका अध्यक्ष चिजकाजी तमुले अक्षयकोषदाताद्वयलाई धन्यवाद दिनुहुदै प्रतिष्ठानले गर्दै आएको गतिविधी संक्षेपमा जानकारी गराउनुभयो। उहाँले तमुभाषाको संरक्षण र कामकाजको भाषाको मान्यता पाउन लिपि अनिवार्य भएकाले खेमा लिपिमा रहेका कमिकमजोरी भए सच्याउदै सर्वस्विकार्य बनाउन पहल हुनुपर्ने बताए । प्रतिष्ठानका सचिव श्रीजंग तमुले सञ्चालन गर्नुभएको कार्यक्रमका युकेबाट आएका अक्षयकोषदाता अतिथिहरुलाई धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी तमु मैना, पञ्चकोशी आर्थर डाडाखर्क समाजका अध्यक्ष सइ कमल गुरुङ, तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर तमु लगायतले खादा लगाएर स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!