तमुधिं युकेद्वारा गोर्खा कपका अतिथिहरुको स्वागत

SHARE:


एटा संवाददाता
लण्डन । तमुधिं युकेद्वारा गोर्खा कप फुटबल प्रतियोगितामा बेलायत भन्दा बाहिरबाट सहभागी हुन आएका खेलाडि, पत्रकार, स्पोन्सर लगायतलाई स्वागत गरेको छ ।  शनिबार २५ मे साँझ एक कार्यक्रमबीच तमु भवन मिचेटमा स्वागत गरिएको हो । कार्यक्रममा गोर्खा कपका मुख्य प्रायोजक हङ्गकङ्गबाट आएका आईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ लगायतको समूह,  नेपालबाट आएका नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक तथा उनकी धर्मपत्नी सावित्री पाठक, तमु धिं युकेका सल्लाहकार एवं नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ तथा उनकी धर्मपत्नी होमकुमारी गुरुङलाई तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले खादा लगाई स्वागत गरेका थिए । त्यस्तै, हङ्गकङ्ग र बेल्जियमबाट आएका फुटबल टिमलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठ, केशव पाठक, मुख्य प्रायोजक गोकर्ण श्रेष्ठ र सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले गोर्खा कपको सफलताको अग्रिम शुभकामना दिएका थिए । सो अवसरमा तमुधिं युकेका अध्यक्ष गुरुङले सबै अतिथि र खेलाडि टिमहरुलाई स्वागत गर्दै उपस्थितिको लागि धन्यवाद दिए ।
तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

स्मरण रहोस् २६ मे आइतबारका दिन तमु धिं युकेको आयोजनामा १७ औं गोर्खा कप फुटबल प्रतियोगिताको आयोजना गरिदै र उक्त प्रतियोगितामा ४२ वटा टिमले भाग लिदैं छ । त्यस्तै, करीब १० हजार दर्शकको जम्मा हुने आयोजकले अपेक्षा गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!