सहारा युकेद्वारा पोखरेली पत्रकारहरुको स्वागत

SHARE:


एटा संवाददाता । फोटो मिलन तमु
लण्डन । सहारा युकेले बेलायत भ्रमणमा रहेका पोखरेली पत्रकारहरुलाई एक कार्यक्रमबीच स्वागत गरेको छ । गत सोमबार २७ मे बेलुकी अल्डरसटस्थित एम्पायर हलमा नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष केशव पाठक  तथा सावित्री पाठक र राष्ट्रिय भलिबल खेलाडि सिपोरा गुरुङलाई स्वागत गरिएको हो ।
कार्यक्रममा उनीहरुलाई सहारा युकेका अध्यक्ष कुमार गुरुङले पूmलको गुच्छाले स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा भलिबल खेलाडि गुरुङ, पत्रकारद्वय श्रेष्ठ र पाठकले फुटबलको बिकास संगसंगै परोपकारी कार्यमा सहारा पोखरा र सहारा युकेले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै स्वागतका लागि धन्यवाद दिए ।
पत्रकारद्वय गत आइतबार सम्पन्न १७ औं गोर्खा कपमा सहभागी हुनका लागि सहारा युके, तमु धिं युके र गोर्खा हेरीटेजको निमन्त्रणामा गत शुक्रबार २४ मे का दिन बेलायत आएका हुन् । कार्यक्रममा सहारा युकेका पदाधिकारी, सल्लाहकार र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सहारा युकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङले स्वागत मन्तब्य दिएका थिए भने सहारा महासचिव धनु थकालीले कार्यक्रम संचालन गरेका थिए । स्मरण रहोस् सहारा युके नेपाली समुदाय बेलायतमा फुटबल बिकास संगसंगै परोपकारी कार्यमा क्रियाशिल संस्था हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!