एटा संवाददाता
लन्डन । प्रत्येक महिना अल्डरसटमा आयोजना गरिँदै आएको इम्पावरमेन्ट ईभेन्टमा ‘भाषण कला तथा नेतृत्व विकास तालिम’ विषयमा प्रशिक्षण दिने
भएको छ ।
आउँदो शुक्रबार ३१ मे साँझ ६ बजे अल्डरसटस्थित एम्पायर हलमा सो प्रशिक्षण राखिएको हो । सो बिषयमा हाल बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष एवं रेडियो अन्नपूर्ण पोखराका पत्रकार दीपेन्द्र श्रेष्ठले प्रशिक्षण दिने छन् । करीब तीन घण्टा सञ्चालन हुने सो प्रशिक्षणमा इच्छुकले आयोजक माउसटेल वेभ सर्भिसेजका मान गुरुङ, गोर्खा इन्फरमेशन म्यानेजमेन्टका पूर्ण गुरुङ, गोर्खा मिडियाका मिलन तमु र एम्पायर हलमा सम्पर्क गर्न सक्नेछ ।
नेपाली समुदायको नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति, डायोस्पोराका पत्रकारहरुले सो प्रशिक्षणको माग गरेकोले आयोजकले सो प्रशिक्षणको आयोजना गरेको हो ।






