एटा संवाददाता
रेडिङ्ग । नेपाली समुदाय बेलायतमा क्रियाशील थाउजन बुद्ध यूकेले भगवान गौतम बुद्धको २५६३ जन्मोत्सव मनाएको छ ।
गत १८ मे शनिबारका दिन विविध कार्यक्रमका साथ सो संस्थाले रेडिङ्गस्थित रिभरमेड लेजर सेन्टरमा सो जन्म जयन्ती मनाएको हो । कार्यक्रममा लक्ष्मी गुरुङ, निरसुवा गुरुङ, देवी गुरुङ, प्रेमबहादुर तथा ईन्द्रकुमारी गुरुङ, यमबहादुर तथा सुनौरी गुरुङ, प्रेमबहादुर तथा सत्यादेवी गुरुङ र कविराज तथा उसा (नेत्र) गुरुङले भोजन दान गरेका थिए ।
त्यस्तै, कर्ण बहादुर तथा जुठी गुरुङ, मदन तथा लक्ष्मी गुरु, दमबहादुर तथा दिपा गुरुङले एच.ई. खेन सांगे रन्जुङ्ग रिन्पोछे गुरुको जहाज टिकट, भिसा शुल्क साथै अन्य खर्चको प्रायोजन गरेका थिए । एच.ईं खेन सान्गे रन्जुङ्ग रिन्पोछेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खेन्पो ग्याल्जय शेर्पा, लोपेन पुर्बा तेजी शेर्पा र लोपेन खेन्रब तेन्जिङ्गको विशेष उपस्थिति रहेको थियो । उनीहरुले धार्मिक पूजापाठसहित वाङ्ग (आशीर्वाद) दिएका थिए ।
कार्यक्रमलाई ग्रेटर रसमुर नेपाली सोसाईटी, तमु समाज रेडिङ, पसा पुच रेडिङ्ग, गेसो रेडिङ, मने संघ रेडिङ, रेडिङ्ग आमा समूह, क्षेत्री समाज रेडिङ्ग, ठकुरी समाज रेडिङ्ग, रेडिङ्ग एक्स ब्रिटिस गोर्खा एशोसिएसन, घान्द्रुक आमा समूह, रेडिङ तामाङ, फरगटन गोर्खालगायत संघसंस्थाले सो समारोहलाई विशेष सहयोग गरेका थिए ।
करिब ५०० जनाभन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको कार्यक्रम संस्थाका अध्यक्ष मेजर समुन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा उपाध्यक्ष प्रेम लामाले स्वागत मन्तव्य प्रकट गरेका थिए महासचिव करम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






