साउथ ईष्ट रिजनल तमुधिं लन्डनले बुद्ध जयन्ती मनायो

SHARE:

एटा संवाददाता
लन्डन । साउथ ईष्ट रिजनल तमुधिं लन्डनले विविध कार्यक्रमका साथ भगावन गौतम बुद्धको २५६३ जन्मोत्सव मनाएको छ । गत १८ मे शनिबारका दिन विलविच गोर्डेन पार्कमा शुभारम्भ गरिएको कार्यक्रमलाई ग्रीनवीच बोरो काउन्सिलका मेयर कृश्टिन मे, तमुधिं यूकेका उपाध्यक्ष हरि गुरुङ, साउथ ईष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष हिराप्रसाद गुरुङ, पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार क्याप्टेन रिटायर्ड नारायणबहादुर गुरुङले दिप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
विभिन्न संघसंस्थाका विशिष्ट महानुभावहरुको विशेष उपस्थिति रहेकोे कार्यक्रममा धर्मगुरु लामा धरम गुरुङले शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै, उनले मुल्गृब स्कुलमा सम्पन्न दोस्रो चरणको कार्यक्रममा बुद्धको पूजापाठ सँगसँगै बुद्धका उपदेशहरु सुनाएका थिए ।

संस्थाका अध्यक्ष हिरा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव डमर गुरुङले सञ्चालन गरेका थिए । त्यस्तै, सल्लाहकार सूर्य गुरुङ र भाविका लोप्चनले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
सो क्षेत्रका नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा भाविका लोप्चनले बुद्धको जीवनीबारे बोलेका थिए भने मगर संघकी डान्स ट्यालेन्ट दिलु थापा तथा उनको समूहले विभिन्न गीतमा जोडदार नृत्य प्रस्तुत् गरेका थिए । त्यस्तै, संस्थाका युवा संयोजक डा.सुदर्शन गुरुङले बुद्धको सन्देशमूलक गीत सनाए ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा हालै संस्थाका नयाँ मानार्थ सल्लाहकारमा चयन भएका गेरी आम्सट्रोङ्ग र डेविड बललाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो । संस्थाकी आमा प्रमुख तथा उपाध्यक्ष पार्वती गुरुङ तथा उनको समूहले भोजनको प्रबन्ध मिलाएका थिए ।

कार्यक्रममा भोजन दान गर्ने, विभिन्न सामग्रीको प्रायोजन गर्ने दानवीर, कार्यक्रमलाई सफल बनाउन विशेष भूमिका खेलेका आमा समूहलगायत कार्यसमिति, प्रमुख अतिथि, अध्यक्ष हिराप्रसाद गुरुङले धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोगको अपेक्षा राखे । कार्यक्रम वरिष्ठ उपाध्यक्ष सुमन गुरुङ, आमा प्रमुख पार्वती गुरुङ, उपाध्यक्ष ह्यारी गुरुङ, योगेश गुरुङ, कोषाध्यक्ष लछुमन गुरुङ, सहकोषाध्यक्ष कमला गुरुङ, संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, हरिगोविन्द गुरुङ, रिटायर्ड क्याप्टेन नारायणबहादुर गुरुङ एमभिओ, पूर्वअध्यक्ष श्रीचन्द्र गुरुङ, संस्थापक प्रमुख सल्लाहकार मोहन गुरुङ, पूर्वआमा प्रमुख मायारानी गुरुङ, कमला गुरुङ, सम्पूर्ण आमा टोलीहरु, सम्पूर्ण ट्रष्टीजहरु र सल्लाहकारहरु, सम्पूर्ण आजीवन सदस्यहरुले आ–आप्mनो क्षेत्रबाट विशेष भूमिका निभाएका थिए ।

साउथ ईष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष हिराप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव डमर गुरुङले सञ्चालन गरेको संस्थाकी सहसचिव चन्द्रादेवी गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!