ल्हेगें परिवार यूकेको वार्षिक भेटघाट सम्पन्न

SHARE:

मिलन तमु
लन्डन । बेलायतमा बसोबास रहेका ल्हेगें गुरुङ (तमु) हरुको साझा संस्था ल्हेगें परिवार यूकेको वार्षिक भेटघाट सम्पन्न भएको छ ।

गत शनिबार २५ मे का दिन फार्नबोरोस्थित सामुयल कोडी कलेजमा विविध सांस्कृतिक कार्यक्रमका साथ ल्हेगें परिवारको भेटघाट सम्पन्न भएको हो । कार्यक्रममा परिवारका संस्थापक अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओले नेपाल ल्हेगें परिवारको बारेमा जानकारी गराउँदै उपस्थित दाजुभाइ तथा चेलीबेटीहरुलाई स्वागत मन्तव्य राखेका थिए ।

परिवारका जेष्ठ नागरिक शिरध्वज ल्हेगें र अध्यक्ष टंकुप्रसाद ल्हेगेंले दिपप्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा परिवारका संस्थापक अध्यक्ष मेजर गुरुङले बेलायतस्थित व्रेकन सहरसँग नेपालस्थित माछापुच्छ्रे गाउँपालिका, धम्पुस गाउँको भगिनी सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका निभाई माछापुच्छ«े गाउँपालिकाको सद्भावना दूतमा चयन भएको र सक्रिय सदस्य एवं फोटो पत्रकार मिलन तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकोमा दुवैजनालाई फेटा लगाई सम्मान गरेका थिए । कार्यक्रममा शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका परिवारका नानीबाबुहरुलाई सम्मान गरिएको थियो । साथै, कार्यक्रमा चेलीवेटीहरुको तर्फबाट दाजुभाइहरुलाई ल्याइएको कोसेली अध्यक्ष ल्हेगेंलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा देव गुरुङ, विजय गुरुङ, समता गुरुङ लगायतले विभिन्न गीत प्रस्तुत् गरेका थिए । त्यस्तै, मानध्वज ल्हेगेंले शुभकामना मन्तव्य राखेका थिए । परिवारका अध्यक्ष टंकुप्रसाद ल्हेगेंको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई निर्जा ल्हेगेंले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!