अंग गर्बुजा
फार्नबोरो । पुन मगर समाज यूकेले पुर्खाको पालादेखि गरिँदै आएको भूमि पूजा सम्पन्न गरेको छ । गत आइतबार २६ मे का दिन फार्नबोरोस्थित सामुयल कोडी स्कूलमा विधिवत रुपमा पूजा गरिएको हो ।
कार्यक्रममा पुन मगर पुख्र्यौली समूह, धौलागिरि नौमती बाजा, लोक तथा दोहोरी गायक कुमार पुन, गायिका कुमारी चेपाङ, आधुनिक तथा पपगायिका निखिता थापा लगायतका कलाकारहरुको जोडदार सांगीतिक प्रस्तुति रह्यो ।
बेलायतमा रहेका पुन मगरहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा परम्परादेखि गरिँदै आएको आजापूजा तथा भूमि पूजा गरिएको थियो । सो अवसरमा हालै विभिन्न विषय र तहमा शैक्षिक उपलब्धि हासील गरेका पुन मगर परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
मगर संघ यूकेका अध्यक्ष ले.रि.सुनिल रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, नेपाल आदिवासी जनजाति महासंघ बेलायत अध्यक्ष जंग सुनुवार, बाग्लुङ समाज यूके अध्यक्ष तथा मगर संघ यूके उपाध्यक्ष छविमाया पुन, मगर संघ यूके वरिष्ठ उपाध्यक्ष सिता पुन, उपाध्यक्ष लाल पुन, मगर संघ यूके पूर्वअध्यक्ष दुत पुन (चिम्खोले काइँला) लगायत अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।
पुन मगर समाज यूके अध्यक्ष तेज राम्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव तुलचन्द्र तिलिजाले सञ्चालन गरेका थिए ।






