नगेन्द्रराज नेम्वाङ्ग
लन्डन । सेवारो कलाकार संघ यूकेले किरात लिम्बुहरुको महान् पर्वहरुमध्ये एक यक्वा तङ्गनाम पूजा आयोजना गरेको छ । गत २५ मे शनिबारका दिन क्याम्बर्लीस्थित डिपकटमा विविध कार्यक्रमका साथ सो पूजा आयोजना गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा फेदाङ्गमा पदम सम्बाहाङफेद्वारा पूजापाठ गरी सुरु गरिएको कार्यक्रमलाई जेष्ठ नागरिक एवं प्रमुख अतिथि यामबहादुर आङ्गबोहाङ्ग र सेवारो कालकार संघ यूके अध्यक्ष दुर्गा पाङ्माले दिप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा डमर सावाको ‘खेःशी’ नामक अडियो सीडीको विमोचन गरिएको थियो । सो अवसरमा संघकी उपाध्यक्ष विमला सेनेले विमोचित सीडीको बारेमा बोलेका थिए भने कोषाध्यक्ष सानु सुब्बाले यक्वा तङ्गनामको बारेमा प्रस्ट्याएका थिए । त्यसैगरी संघका कलाकारहरु गीति एल्बम निकाल्न सफल भक्ति आङ्गदेवे, पूर्ण साउदिन, आशराज बखिम, तेज मेन्याङ्गबो, रीता फोम्बो ठूली, डम्बर सावा, ओमप्रसाद लिम्बु, युवराज इस्वो, इन्द्र पन्धाक लिम्बु, गौरीमाया साउदिन, शान्ता केरुङलगायत गीतकार तथा सल्लाहकार सुर्वण नेम्वाङ र मिलिजुली नामक उपन्यास प्रकाशन गर्न सफल शान्ति खिम्दीङ्ग सेलिङ्गलाई प्रशंसा पत्र प्रदान गरी बधाईका साथ सम्मान गरेका थिए । त्यस्तै, स्काई इभेन्ट वेडिङ्ग प्लानरका सूर्य खापुङ्गले निःशुल्क डेकोरेसन गरेको संघले धन्यवाद दिए ।
कलाकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विशेष अतिथि किरात याक्थुङ चुम्लुङ (कियाचु) यूकेका पूर्वअध्यक्ष दिलसिं मेन्याङ्गबो, पाँचथर समाज सेवा महिला विभाग प्रमुख नन्द सुन्दास, धनकुटा समाजका पूर्वअध्यक्ष क्या.रि. अमर राना, तेह्रथुम समाज यूके उपाध्यक्ष डम्मर हुक्पा चोम्बाङ्ग, कियाचु महिला विभागका सहकोषाध्यक्ष गौरीमाया ईवा, माङ्गेना चुम्लुङ्ग अध्यक्ष कमला लिम्बु, कियाचु सल्लाहकार नरकुमारी लिम्बु, कियाचु वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङ्गको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोकप्रिय च्याबु्रुङ्ग नाच, धान नाच, हाक्पारे, पालाम लगायत सांस्कृतिक प्रस्तुत् गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि आङ्गबोहाङ्ग, विशेष अतिथि मेन्याङ्गबो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष दुर्गा पाङ्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पूर्ण साउदिनले स्वागत मन्तव्य राखेका थिए भने महासचिव जय मादेम्बाले कार्यक्रम सञ्चालन गरेका थिए ।






