एटा संवाददाता
लन्डन । पीपल मोर्गेजेजले नेपालको ग्रामीण क्षेत्रको विद्यालय निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । सन् २०२१ भित्र च्यारिटीमार्फत १० हजार पाउण्ड संकलन गर्ने योजना अनुरुप ‘प्रोजेक्ट स्कूल’ नामक परियोजना हालै सार्वजनिक गरेको हो ।

‘शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसको प्रयोगबाट संसारलाई परिवर्तन गर्न सकिन्छ’ भन्ने नेल्सन मण्डेलाको भनाइलाई उद्दृत गर्दै पीपल ग्रुपले सो संकलित रकम नेपालको ग्रामीण क्षेत्रको विद्यालय निर्माण गर्ने अभियानको थालनी गरेको छ । गत २४ मेका दिन सो मोर्गेजले आप्mनो फेसबुक पेजमार्फत सो प्रोजेक्टबारे जानकारी गराएको हो । सोही परियोजनाको सहयोगार्थ गत आइतबार २६ मेका दिन गोर्खा कप प्रतियोगितामा आप्mनो स्टल राखी विभिन्न सामग्रीहरु बिक्री गरेका थिए ।
त्यस्तै, गत फेब्रुअरी ९ तारिखका दिन सम्पन्न पीपलको तेश्रो वार्षिकोत्सव तथा च्यारिटी डिनर नाईट कार्यक्रमबाट संकलित १ हजार ६८३ पाउण्ड आशा नेपाललाई बुझाईएको पीपलले जनाएको छ । नेपालमा महिला तथा बालबालिकाहरुको उद्दारमा सक्रिय ‘आशा नेपाल’ नामक परोपकारी संस्थालाई सहयोग गर्ने जनाइएअनुसार सो वार्षिकोत्सवमा सो सहयोग रकम संकलन गरिएको हो ।
गतबर्ष सम्पन्न दोस्रो वार्षिकोत्सव कार्यक्रमको अवसरमा संकलित रकम २ हजार ३०० पाउण्ड गतबर्ष ८ मार्च २०१८ मा गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरेका थिए ।
उक्त परियोजनामा सहयोग गर्न चाहने कुनै पनि इच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई पीपलले हार्दिक स्वागत समेत गरेको छ ।
फार्नबोरोको नर्थक्याम्पमा प्रधान कार्यालय, स्वीन्डन, आस्फोर्ड र एनडोभरमा शाखा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । पीपलले सेल्स, लेटिङ्ग, प्रोटेक्शन, मोर्गेजेज, होम इन्स्योरेन्स, कन्भीयन्सीङ्ग, विल्स लगायतको सेवाहरु प्रदान गर्दै आएको छ ।






