बेलायतमा पनि प्रेस युनियनको २८ औं वार्षिकोत्सव मनाइयो

SHARE:

लण्डन । प्रेस स्वतन्त्रताकोलागी हाल नेपालमा भैरहेको आन्दोलन यथोचितरुपमा माग पुरा नहुन्जेलसम्म जारि रहने पत्रकार अगुवाहरुले बताएका छन् ।नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अबसरमा बेलायतको राजधानी लण्डनमा आयोजित एक कार्यक्रममा उनीहरुले नेपाल सरकार ले आफ्नो माग सम्बोधन नगरे आन्दोलन अझ शसक्त हुने र यसलाई अन्तरास्ट्रियकरण गरिने समेत चेतावनी दिए । नेपाल प्रेस युनियन बेलायत शाखाद्वारा आयोजित उक्त कार्यक्रममा युनियनका केन्द्रिय अध्यक्ष्य बद्रि सिग्देलले नेपाल सरकारले हाल ल्याउन लागेको मेडिया काउन्सिल सम्बन्धि बिधेयक सम्पूर्ण पत्रकार र प्रेस बिरोधि भएको र यो लागु भएमा नेपालमा पत्रकारिता गरेर बस्ने अबस्थानै नहुने भन्दै अन्तररास्ट्रिय पत्रकार महासंघ (आइएफजे लगायतका सस्थाले समेत बिरोध जनाइसकेको जानकारी दिए ।

उक्त अबसरमा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेस बिष्टले सरकारले समयमै माग सम्बोधन नगरे संयुक्त राष्ट्र संघ लगायतका अन्तररास्ट्रिय मिशन नेपाल आउनसक्ने चेतावनी दिए । बेलायतस्थित स्थानीय पत्रकारहरु नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेल, महासचिब संजय भक्त कंडेल लगायतले नेपाल पत्रकार महासंघ केन्द्रले गर्ने जुनसुकै आन्दोलनमा महासंघ युके शाखाको एक्यबध्द्ता रहने बताए । नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, नेपाली जनसम्पर्क समिति वेलायतका उपसभापतिद्धय सुरज केसी र कोपिला सुब्वा, प्रवक्ता खुशि लिम्बु, सह- महामन्त्री उपेन्द्र पौडेल, भुतपुर्ब गोर्खा सैनिक संघ नेसाका अध्यक्ष केस बहादुर गुरुगं, गैरआवासीय नेपाली संघ युके महिला संयोजक लिला देवी गुरुगं, जिगेसोका महासचिव हरि कुमार मल्ल, बिपी अध्ययन प्रतिष्ठान बेलायतका संयोजक अर्जुन कटुवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए । नेपाल प्रेस युनियन बेलायत शाखाका उपाध्यक्ष्य एवेरेस्ट गौतमले स्वागत मन्तब्य र अर्का उपाध्यक्ष्य खेमराज रानाभाटले धन्यबाद ज्ञापन गरेको उक्त कार्यक्रमको संचालन हेमन्त सेढाईले गरेको नेपाल प्रेस युनियन बेलायत शाखाका अध्यक्ष बिपिन निरौलाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!