३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द

SHARE:

सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ ।

सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् २०१९ को प्रथम त्रैमासिकमा बन्द गरिएको हो । फेसबुकका अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्तामध्ये ५ प्रतिशत फेक अकाउन्ट रहेको पनि खुलासा भएको छ ।

फेसबुकका एकजना उपाध्यक्ष गाई रोसेनका अनुसार अटोमेटेड पद्धतिबाट एकै पटकमा ठूलो संख्यामा सिर्जना गरिएका फेक अकाउन्टहरुमाथि धावा बोलिएको छ ।

उनका अनुसार फेसबुक प्रयोगकर्ताले हेर्ने हरेक १० हजार सामाग्रीमध्ये ११ देखि १४ वटा सामाग्रीहरुले अश्लीलता तथा यौनिकता सम्बन्धि फेसबुकको नियम उल्लंघन गर्ने गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!