फोनिजद्वारा स्मारिका सार्वजनिक

SHARE:


जमुना पुन
अल्डरसट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले ‘द जर्नालिस्ट’ नामक स्मारिका सार्वजनिक गरेको छ । गत शुक्रबार ३१ मे साँझ अल्डरसटस्थित एम्पायर हलमा सार्वजनिक गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार, फोनिज युकेका संस्थापक अध्यक्ष पूर्ण गुरुङ र वर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, सल्लाहकारहरु सोनाम छिरिङ शेर्पा, एकेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र गुरुङ, तमु प्ये ल्हु संघ युके अध्यक्ष मेजर खुशीमान गुरुङ एमभिओ, तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, रामबजार सोसाईटी युके अध्यक्ष जुमकाजी गुरुङ, सहारा युके निवर्तमान अध्यक्ष मिन बहादुर (साईला) गुरुङ लगायतले संयुक्त रुपमा स्मारिकाको विमोचन गरेका थिए ।
सो अवसरमा स्मारिकाका प्रधान सम्पादक एवं रेडियो बिजिडब्लुएस प्रवन्ध निर्देशक मेजर सोनाम छिरिङ शेर्पाले ‘द जर्नलिस्ट’ बारे प्रकाश पारेका थिए । त्यस्तै, फोनिज अध्यक्ष प्रमिला लाबुङ्ग राईले स्मारिकाका लागि लेख, रचना र शुभकामना दिने व्यक्तिका साथै विज्ञापनदाताहरुलाई धन्यवाद दिए । सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवारले प्रमुख अतिथि र बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बिशेष अतिथिको आशनबाट शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) विश्वभरि छरिएर रहेका आदिवासी जनजाति पत्रकारहरूको पेसागत संगठन हो । बेलायतमा कार्यरत जनजाति पत्रकारहरूले सन् २०१३ मा फोनिज युके गठन गरेका हुन् । फोनिज युकेमा ३७ सदस्य आवद्ध छन् ।
फोनिज युकेले आफ्नो गतिविधिलाई दस्तावेजीकरण गर्ने क्रममा ‘द जर्ना्लिस्ट’को पहिलो अंक सन् २०१७ मा प्रकाशित गरेको थियो । सन् २०१७ अगस्टमा सम्पन्न फोनिज युके अधिवेसनले प्रमिला लाबुङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । यस कार्यसमितिले अहिले ‘द जर्ना्लिस्ट’ अंक २, २०१८’ दोस्रो अंक प्रकाशित गरेको छ ।
यो प्रकाशनको सल्लाहकारमा फोनिज केन्द्रका अध्यक्ष डण्ड गुरुङ र फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई छन् । यसको प्रधान सम्पादक सोनाम छिरिङ शेर्पा र नेपाल सम्पादक गणेश राई तथा फोटो पत्रकार मिलन तमु छन् ।
यो प्रकाशनमा बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुधार्मिक लोकतान्त्रिक गणतान्त्रिक देश नेपाललाई हेर्न सकिने सामग्रीहरू समेटिएका छन् । फोनिज युकेको गतिविधि छन् । फोनिज युके अध्यक्ष प्रमिला लाबुङ राईको अध्यक्षमा सम्पन्न विमोचन कार्यक्रमलाई फोनिज उपाध्यक्ष नगेन्द्र राज नेम्वाङ्गले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!